


महेश्वर शर्मा । असनेपालन्युज,सिड्नी ।
गणतान्त्रिक मुलुक फिजीकालागि नेपाली साँस्कृतिक राजदुत,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास ) का केन्द्रिय उपाध्यक्ष तथा पत्रकार भीमसेन सापकोटाको कृती कविता संग्रह “प्रश्नमा ईश्वर”को आज एक भव्यकार्यक्रमबिच विमोचन भयो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्सल द्वारा आयोजीत “दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी” को महोत्सब भईरहेको दोस्रो दिन अस्ट्रेलियाका लागी नेपाली राजदुत महामहिम रुद्र कुमार नेपाल, अमेरिकाबाट आउनु भएका अनेसासका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, नेपाल बाट आउनु भएका डा. प्रोफेसर तथा साहित्यकार गार्गी शर्मा , साहित्यकार तथा अमेरिकाबाट आउनु भएका अनेसासका सँस्न्थापक अध्यक्ष होमनाथ सुवेदी,भारत बाट आउनु भएका साहित्यकारहरु प्राज्ञ तथा वरिस्ठ सर्जक विन्ध्या सुब्बा,डा पुष्पा शर्मा , डा कविता लामा सयुक्त रुपमा सो पुस्तकको लोकार्पण गर्नु भयो। सो अवसरमा कवि सापकोटाले आफ्नो पुस्तकको एक कविता वाचन गर्नु भएको थियो भने सो विमोचन सेसन को कार्यक्रम सन्चालन सानु घिमिरेले गर्नु भएको थियो । पुस्तक माथि टिप्पणी गर्दै साझा प्रकाशनका पुर्व अध्यक्ष तथा वरिस्ठ साहित्यकार नवराज कार्किले अनेक रोचक विषय समेटिएको यो कृति डायस्पोरिक नेपाली साहित्यको सङ्ग्रह योग्य पुस्तक रहेको बताउनु भयो । सिन्धुपाल्चोकमा जन्मिनुभएका सापकोटा हाल सिड्नी अस्ट्रेलियामामा बस्दै आउनुभएकोछ। पेशाले प्राध्यापक पत्रकारिता,शान्ति प्रवद्वर्न अंगाल्नुभएका सापकोटाले अर्थशास्त्र,पत्रकारिता र अकाउन्टमा स्नाकोत्तर साथै फलित ज्वतिष विज्ञान र नेपाली साहित्यमा स्नातक गर्नुभएको छ। रेडियो नेपाल,नेपाल टेलिभिजन,नेपाल समाचार पत्र,सिड्नीको एम एन टिभी लगायत थुप्रै रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा अनुभव संगाल्नु भएका सापकोटाको यो दोस्रो कृती हो। यस अघि उँहाको भत्किएको पर्खाल पूणार्ङकी नाटक वि.स. २०६१ मा प्रकासित भईसकेकोछ।
सन् २०१५ मा नेपाल सरकारद्वारा ‘भानु स्वर्ण पदक’ बाट बिभुषित सापकोटा थुप्रै पदकहरूबाट पनि सम्मानित छन्। एउटा काव्य साधकलाई पुरस्कार पाउनु र नपाउनुले खासै भिन्नता नराख्ने बताउने सापकोटाको प्रथम कृति ‘भत्किएको पर्खाल–२०६२’ चलचित्र कथाका लागि समेत छनौट भएर ठुलो पर्दाको कथा मार्फत पाठकहरूको मन जित्न सफल बनेको थियो ।
यसै विच नेपालमा समेत सो पुस्तक एकै दिन लोकार्पण गरिएको छ । अस्ट्रेलियामा र नेपालमा एकै दिन लोकार्पण गरिएको सो कृति लाई अनेसास ले प्रकाशन गरेको हो ।
जब मान्छेहरू साथ टुटाएर, शुन्यताको
उपहार दिन्छन्, म त्यही शुन्यतामा
स्वर्ग भेटि रहेको छु ।
तिमीले हानेका ढुंगाहरू यिनै
एकान्तमा बटुलेर,
त्यही ढुँगाबाट सुन्दर महल बनाई
रहने छु ।
तिमीलाई नैं उपहारं दिन ।
‘प्रश्नमा ईश्वर ‘ को एक चोईटा ।








