कस्तो होला प्रियंकाको ड्रेस?

एजेन्सी, २८ फ्रेबुअरी अर्थात् आज । हलिउडको सबैभन्दा ठूलो अवार्ड सो भारतीय अभिनेत्री प्रियंका चोपडाले ‘होस्ट’ गर्दै छिन् । हलिउडको यो मेगा इभेन्टका लागि कलाकारले विभिन्न तयारी गरिसकेका छन् । तर, अचम्म कार्यक्रम होस्ट गर्ने प्रियंकाले शनिबारसम्म आफ्नो पहिरन निश्चित नभइसकेको बताएकी छिन् । ‘म अन्तिम समयमा छान्नेछु,’ उनको यो अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकता दिएका छन् ।

कार्यक्रमका लागि महिनौँदेखि तयारी चल्ने भएकाले पछिल्लो समय कौतूहल जन्मिएको छ– कस्तो होला प्रियंकाको ड्रेस ? यसबारे प्रियंकाले केही पनि बताएकी छैनन् । तर, बलिउडमा अनेक अनुमान गरिएका छन् । प्रियंकाले अन्तिम समयमा छान्ने ड्रेसलाई लिएर कतै ‘मालफक्सन’ हुने त होइन भन्ने चिन्ता पनि बलिउडमा देखिएको छ ।

सम्बन्धित शिर्षकहरु