६६ प्रकारका नेपाली सामानलाई अमेरिकामा भन्सार छुट

??????????????????????????????????????????????????????????????????????????????????????????????????????

काठमाडौं, अमेरिकाले भन्सार सुविधा दिने भएपछि नेपाली सामानले अब अमेरिकी बजारमा सहज प्रवेश पाउने भएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भन्सार छुट सम्बन्धी विधेयकमा हस्ताक्षर गरेपछि नेपाली सामानले अमेरिकामा सहजै प्रवेश पाउने भएको हो ।

नेपालबाट निर्यात हुने कार्पेट, सल, टोपी, ट्राभलका सामान लगायत नेपाली गार्मेन्ट र अन्य स्थानीय उत्पादनमा दिइने भन्सार छुट विधेयकमा राष्ट्रपति ओबामाले बुधबार हस्ताक्षर गरेका हुन् ।

यो सम्झौताबाट भूकम्पबाट थलिएको नेपालका लागि आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिइएको नेपालस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौता १० वर्षका लागि गरिएको हो ।

नेपाली सामानलाई अमेरिकामा निर्यात गर्ने यो सुनौलो अवसर भएको नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेपलिट्जले बताएका छन् । । विश्व व्यापार संगठनको व्यापार सुविधा कार्यक्रमलाई लागू गर्न र आर्थिक विकासमा थप सहयोग गर्न नेपालका भाबी योजनाका बारेमा जान्न चाहेको राजदूत टेपलिट्जले विज्ञप्ति मार्फत बताउनुभएको छ ।
केही प्रशासनिक कामपछि सुविधा पूर्ण रुपमा लागू हुने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शिर्षकहरु