प्रधानमन्त्रीको भारतभ्रमणबारे भारतीय पत्रपत्रिकाले के लेखे?

(160221) -- NEW DELHI, Feb. 21, 2016 (Xinhua) -- Indian Prime Minister Narendra Modi (R) welcomes his Nepalese counterpart Khadga Prasad Sharma Oli during ceremonial reception at the Indian Presidential Palace in New Delhi, India, Feb. 20, 2016. Nepal and India on Saturday signed a series of agreements in a bid to improve bilateral ties. (Xinhua/Stringer)

नयाँदिल्ली, प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमण र उनका समकक्षी नरेन्द्र मोदीलगायत उच्चस्तरीय भेटवार्ताको समाचारलाई भारतका अधिकांश सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । ती सञ्चारमाध्यमले ओलीको भ्रमणबाट नेपाल–भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको सन्देशसहित समाचार प्रवाह गरेका छन् ।

भारतका ठूला दैनिक पत्रिकामा आइतबारको फुर्सदिलो विशेष पृष्ठ प्रकाशन हुने गरे पनि प्रधानमन्त्री ओलीका भेटवार्ताका तस्बिर र समाचारले स्थान पाएका छन् । अधिकांश ठूला पत्रिकामा प्रथम पृष्ठमा भ्रमणको भेटवार्तासम्बन्धी तस्बिरसहित समाचार प्रकाशित भएको छ ।

नवभारत टाइम्स दैनिकले ‘भारत और नेपाल के बीच अब आल इज वेल’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । यस्तै टाइम्स अफ इन्डियाले ‘अपराइजिङ इन नेपाल टाइज अफ्टर पिएम ओलिज भिजिट’ शीर्षकमा समाचार दिएको छ । इन्डियन एक्सप्रेसले ‘नेपाल पिएम मिट्स मोदी’, सेज मिसअन्डरस्ट्यान्डिङ ओभर शीर्षक दिई समाचार राखेको छ । द एसियन एज पत्रिकाले दुई प्रधानमन्त्री ओली र मोदीले हात मिलाएको एएफपीको तस्बिर प्रकाशित र थप समाचारलाई स्थान दिएकोे छ । ती समाचारमा मोदीले नेपालको नयाँ संविधानलाई उपलब्धि मानेको, मधेसको बाँकी राजनीतिक समस्याको समाधान संवाद र सहमति मिलाउन आग्रह गरेको, सातबुँदे समझदारी भएको बारे उल्लेख गरिएको छ । नेपालको अर्को छिमेकी चीनसँग सम्बन्धबारेमा दुई प्रधानमन्त्रीसँग कुरा भएको थियो थिएन भन्ने बारेमा पनि ती सञ्चारमाध्यमले चासो दिएका छन् । यस्तै ‘दिल्ली स्पेसल द गार्जिएन’, ‘द हिन्दू’लगायतका पत्रिकाले पनि सो समाचारलाई प्राथमिकता दिएका छन् ।

हैदरावादमा भएको दुई देशको उच्चस्तरीय वार्ता र समझदारी आदानप्रदान तथा दुई प्रधानमन्त्रीको प्रेस वक्तत्वको समाचार सङ्कलनका लागि भारतीय र भारतस्थित विदेशी सञ्चारमाध्यमका प्रतिनिधिको पनि बाक्लो उपस्थिति थियो ।

प्रधानमन्त्री ओलीको भ्रमणको समाचार सङ्कलनका लागि नेपालबाट पनि विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिपनि छन् ।

सम्बन्धित शिर्षकहरु