फागुन ४ । काठमाडौँ, व्यवस्थापिका–संसद्को आजको बैठकले नेकपा एमालेका पूर्वसांसद सोहनप्रसाद चौधरीको असामयिक निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
नेता चौधरी २०४८ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। चौधरीको ६९ वर्षको उमेरमा गत माघ २६ गते मिर्गौला रोगको उपचारका क्रममा निधन भएको थियो । शोक प्रस्ताव पारितसँगै संसद्को बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।








