भ्यालेन्टाईन डे

प्रेम एउटा सुन्दर अनुभूति हो। मानिसलाई चाहिने अत्यन्त आवश्यक कुराहरु मध्य प्रेमपनि पर्दछ।जिन्दगीको लामो यात्रा प्रेमबिना असम्भव छ। तर कतिपय ठाउँमा प्रेमको दुरूपयोग भएकोपनि पाईन्छ।प्रेम गर्न कुनै उमेर तोकिएको नभएतापनि अल्लारे उमेरमा गरेको प्रेमले जिवनको अन्त्य समेत गर्न सक्छ। त्यसैले प्रेम के हो र प्रेममा के हुनुपर्दछ भन्ने कुरा बुझेर मात्रै प्रेम गरेमा जीवन सफल र सुखी हुन सक्छ।प्रेम जहाँ जतिबेलापनि हुन सक्छ। त्यसैलेपनि भन्ने गरिन्छ ‘प्रेम अन्धो हुन्छ’। साँचो प्रेम एक आपसमा अपरिहर्य नै मानिन्छ। प्रेमको परिभाषा हरेक व्यक्ति अनुसार फरक हुन्छ। वास्तवमा भन्ने हो भने प्रेम दुई आत्माको संगम हो। जहाँ प्रेम साँचो र निस्वार्थ हुन्छ त्यहाँ जिवन सुखी र सफल हुन्छ। प्रेमको मतलब हासिल गर्नु मात्र नभई त्यागपनि हुन सक्छ। प्रेममा जात, धर्म, श्रेणी केही हुदैंन । प्रेमकोलागि केवल दुई मन मिल्न जरुरी छ। हुन त प्रेमकोलागि उपयुक्त समयको जरुरी पर्दैन तरपनि प्रेमलाई भिन्दै किसिमले प्रसफुटन गराउन ‘भ्यालेन्टाईन डे’ अर्थात् ‘प्रणय दिवस’ मनाउने गरिन्छ।
‘भ्यालेन्टाईन डे’ हरेक फेब्रुअरी महिनाको १४ तारिखका दिन मनाईन्छ।’ भ्यालेन्टाईन डे’ सन्त भ्यालेन्टाईनको नाममा मनाईन्छ। यो पर्व पादरी सन्त भ्यालेन्टाईन साहदतसंग सम्बन्धित छ। तत्कािलन रोमन सम्राटका क्लाउडियस द्वितीयका अनुसार युवाले प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर प्रेम गर्न प्रतिबन्ध लगाएका थिए। तर भ्यालेन्टाईन भने सम्राटका त्यस बिचारसंग सहमत थिएनन्। उनले सम्राटको निर्णय धर्म विरुद्ध रहेको मान्थे। उनको मान्यता थियो कि अनुशासनको दायराभित्र हुने प्रेम र विश्वासमा ईश्वरपनि खुशी हुन्छन्। त्यसैले उनले सम्राटको आदेशलाई अवज्ञा गर्दै प्रेम र विवाहकालागि युवा युवतिलाई प्रेरित गर्दै युवा युवतीको जोडी तयार पारेर सार्वजनिक स्थलमै विवाह सम्पन्न गरे।
त्यसैले निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू २७० को फेब्रुअरी १४ का दिन मृत्यूदण्ड दिईएको थियो। प्रेमका निम्ति आफ्नो जिवन समर्पण गर्ने उनै पदरीको सम्झनामा भ्यालेन्टाईन डे मनाउन थालिएको हो।यो पर्व इशाई धर्मलम्बीहरुले मान्ने भएपनि बिगत केही बर्षदेखि सबै धर्मलम्बीहरुले मनाउँदै आईरहेको पाईन्छ।
‘भ्यालेन्टाईन डे’ को लागि भनेर त्यस्तो सार्वजनिक बिदा नभएपनि यो पर्व हरेक वर्गका मानिसले मनाउँदै आईरहेका छन्। युवा अवस्थाका मानिसमा यसको रुचि बढी भएको पाईन्छ। यो पर्व पश्चिमी संस्कृतिबाट सुरु भएपनि नेपालमा समेत यो पर्व मनाउने गरिन्छ।त्यति मात्र नभई आजभोलि फेब्रुअरी ७ तारिखका दिनदेखि नै प्रेम सम्बन्धी उत्सव मनाउने गरिन्छ। त्यसैलेपनि फेब्रुअरी महिनालाई प्रेमको महिनापनि भन्ने चलन छ।
तर सबैभन्दा महत्वपूर्ण र विशेष दिन फेब्रुअरी १४ को ‘भ्यालेन्टाईन डे’ अर्थात् प्रेम दिवसलाई मान्ने गरिन्छ। त्यस दिन प्रेमि प्रेमिकाले एक आपसमा उपहार आदान प्रदान गर्ने गर्छन् भने प्रेमि प्रेमिका नहुनेले आफूलाई मन पर्ने व्यक्तिलाई प्रेम प्रस्ताव राख्न यो उपयुक्त समय मान्छन्। यस दिन जोडिहरु मिलेर घुम्न जाने र एक आपसमा समय बिताउने गर्दछन्। आफ्नो व्यस्त जिवनशैलीबाट समय निकालेर एक अर्कासंग दुख सुख बाड्नलाई यो दिन निकै राम्रो मानिन्छ। हरेक जोडीको प्रेम र दाम्पत्य जिवन सफल रहोस्। सबैलाई प्रणय दिवसको शुभकामना!-
-रुमु न्यौपाने । 

सम्बन्धित शिर्षकहरु