वर्षमान पुन उपचार गरी स्वदेश फर्किए

barshaman-punकाठमाडौं, एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका छन् ।

उनी थाइल्याण्डबाट मंगलबार नेपाल फर्किएका हुन् ।

पुन उपचारको लागि दुई महिना अघि थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।

पुनलाई लिन त्रिभुवन विमानस्थलमा सभामुख एवम् उनका धर्मपत्नी ओनसरी घरी गएकी थिइन् । उनी पूर्णरूपमा स्वास्थ्य लाभ गरी फर्किएको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु