आँसुमा डुब्यो कोइराला निवास

g]kfnL sfFu|];sf ;efklt Pjd k"j{ k|wfgdGqL ;'zLn sf]O/fnf d+unaf/ /flt  !@M%) lgwg ePsf] 5 . . dxf/fhuGh lgjf; k'u]/ uug yfkfn] :j= sf]O/fnfk|lt k'iku'R5f r9fO xflb{s >4fhnL ck0f{ ub}{ .tl:a/M /f]zg ;fksf]6f,/f;;

माघ २६ । काठमाडौँ, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराति निधन भएको छ ।

फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास महाराजगन्जमा राति १२ः५० बजे उनको निधन भएको नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिएका हुन्। कोइराला विगत केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहँदै आएका थिए। लामो समयदेखि अर्बुद रोगको उपचार गराइरहेका कोइराला ७६ वर्षका थिए ।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा अहोरात्र नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । उनलाई नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा पार्टी सभापतिका प्रत्यासीका रुपमा हेरिएको थियो ।

संविधानसभाको दोस्रो निर्वाचनपछि ठूलो राजनीतिक दलको नेताको हैसियतले उनी २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेका थिए।

बुबा बोधप्रसाद र माता कुमिनिदी कोइरालाको सन्तानका रुपमा १९९६ साउन २८ गते सन् १९३९ अगष्ट १२ मा भारतको बनारसमा जन्मिएका थि। स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला राति नै कोइराला निवास थिए।

यसैबीच सभापति कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले बिहान ८ः०० बजेसम्म निवासमै राखिने भएको छ । बिहान ८ः०० बजेदेखि दिउँसो १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा र त्यसपछि श्रद्धाञ्जलिका लागि दशरथ रङ्गशालामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु