नेपालले दियो बंगलादेशलाई दुई सय १२ रनको लक्ष्य

काठमाडौं, आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल र बंगलादेशबीच जारी खेलमा नेपालले बंगलादेशलाई दुई सय रनको चुनौती दिएको छ । बंगलादेशमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा नौ  विकेट गुमाउँदै दुई सय  ११ रन जोडेको हो ।

नेपाललाई दुई सय ११ रनको योगफल तयार पार्ने क्रममा कप्तान राजु रिजालले अर्ध सतक पूरा गरे । उनले ८० बलमा एक छक्का र आड चौकाको मद्दतमा ७२ रन जोडे ।  त्यस्तै सुनील धमलाले २५, दीपेन्द्रसिंह ऐरीले र प्रेम तामाङले क्रमशः २२ रन र ऐरिफ सेखले २१ रनको योगदान दिए ।

केही बेरमा बंगलादेशले जवाफी व्याटिङ थाल्ने छ ।

सम्बन्धित शिर्षकहरु