काठमाडौं, निर्देशक प्रचण्डमान श्रेष्ठको नयाँ फिल्म ‘लभ साशा’ मा अभिनेत्री केकी अधिकारी र कर्मा आवद्ध भएका छन्। निर्देशक श्रेष्ठसहित फिल्मको युनिट सुटिङको लागि बिहीबार पोखरातर्फ लागेको छ।
‘लभ स्टोरी फिल्म भएपनि कथा नौलो हो। नेपाली समाजले सहज रुपमा नस्वीकार्ने लभ स्टोरीलाई फिल्मको कथावस्तु बनाएको छ’, निर्देशक श्रेष्ठ भन्छन्,‘फिल्मको कथासमेत मैले लेखेको हुँ। त्यसैले फिल्म निर्देशनमा सहज हुन आशा गरेको छु।’
३५ दिने फिल्मको सुटिङ पोखरा वरपर हुनेछ। फिल्ममा संगीतकार कालिप्रसाद बाँस्कोटाले संगीत दिएका छन्। ‘फिल्मको कथावस्तु नयाँ लागेर यस फिल्ममा आवद्ध भएको हुँ । निर्देशक श्रेष्ठले स्क्रिप्टमा काम गर्दा धेरै कुरा बुझ्ने अवसर मिलेको थियो,’ अभिनेत्री केकी अधिकारीले भनिन्।







