अनेसास को प्रयासमा ‘करोडौ मुटुहरूलाई’ एकै ठाउंमा जुटाउने तयारी 
असनेपालन्युज ,सिड्नी । करोडौं मुटुहरु को यौटै ढुकढुकी नेपाल”। नेपाली ढुकढुकि हरूलाई एउटै मालामा गांस्ने सन्देश बोकेको यो कालजेयी गीतका रचनाकार सर्जक नवराज कार्किका यस्तै मीठा रचनाहरू सिड्निमा प्रत्यक्ष सुन्न पाईने भएको छ । गीत , गजल, ब्यङ्ग कविता, मुक्त्तक तथा विभिन्न विधामा कलाम चलाएर ख्याति कमाउन सफल नवराज कार्कि को सो एकल वाचन सिड्नीको क्यान्टुबुरी स्थित , सिनियर सिटिजन हलमा आयोजना हुन लागेको बताईएको छ । आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) एन स डब्लु ,अस्ट्रेलियाका अनुसार प्रणय दिवस विषेश पारेर आगामि फेब्रुअरि १४ आईतवारका दिन १ बजे पछि सो कार्यक्रमको आयोजना हुन लागेको हो । ” सुप्रसिद्ध गीत तथा थुप्रै गहन कविताहरु पस्केर करोडौं मन जितेका अग्रज कवि नवराज कार्की लाई हामी सिडनी मा तपाईंहरु का सामू उभ्याउँदै छौं तपाईहरु कै साहित्यिक सुस्वादन का लागि. प्रवेश निशुल्क-राखेका छौं “, अनेसास एन एस डब्लुले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
सिड्निमा बढ्दै गएको साहित्यिक रुचिलाई मध्य नजर गरेर अनेसासले आयोजना गरेको सो कार्यक्रममा आफु आफ्ना रचनाहरूको एकल वाचन मा सारीक हुन लागेको कवि कार्कि असनेपालन्युजलाई बताउनुहुन्छ । उहांले सिड्का सबै साहित्य प्रेमिलाई सो अवसरमा सहभागी हुन असनेपालन्युज मार्फत अनुरोध गर्नु भएको छ । अनेसासले गतवर्ष पनि आफ्न्नो नियमित ‘घर दैलो काव्य यात्रा अन्तर्गत गत वर्ष पनि ‘प्रणय कविता वाचन कार्यक्रमको आयोजना गरेको थियो ।
कवि कार्किको विभिन्न रचना मध्ये असनेपालन्युजलाई प्राप्त एक रचना यस्तो छ:
“अहा आज हामी”
-नवराज कार्की,
गरौँ, भगवण्डा हतारो भयो रे!
थुपारेर तमसुक पसारो भयो रे !
अहा , आज हामी कति भाग्यमानी
छिमेकी असल छन् र गर्छन् लगानी
इतिहास च्यातेर गरे छिन्न्नभिन्न
ति एकताका जती छन् नि चिन्ह
अहा ,आज हामी कति अग्रगामी
सुतौँ, नोठ हालेर दिउँसै सिरानी
तिब्बत बनाउँ, कि सिक्किम बनाउँ
मुलुक यो बचाएर न हौं ,
प्रतिगामी अहा , आज हामी कती भाग्यमानी
पोलेर घर यो बेचौँ खरानी – See more at: http://ausnepalnews.com/?p=17050#sthash.vIWuL6ji.dpuf – See more at: http://ausnepalnews.com/?p=17050#sthash.vIWuL6ji.dpuf








