एजेन्सी, क्याटरिना कैफ र रणविर कपुरको ब्रेकअपको अनुमानका बिच क्याटरिना कैफले आफ्नो निजी जीवनका समाचारहरु पढेर निराश हुने गरेको बताएकी छन्। पछिल्लो समय बलिउडको गसिप दुनियाँमा क्याटरिना र रणविरको सम्बन्ध सकिएको समाचार निरन्तर आइरहेका छन्।
एक साक्षात्कारमा क्याटरिनाले भनिन्, ‘निजी जीवनको खबर समाचारमा पढ्नु निराशजनक कुरा हो। तपाईहरुलाई ब्रेकिङ् समाचार पढ्न मनपर्छ त्यो मलाई थाहा छ। त्यो समाचार उदाहरणका लागि क्याटरिना संसारका शीर्ष पाँच अभिनेत्री मध्ये एकमा होस्। म चाहन्छु यस्तो समाचार बनोस्।’
आफ्नो थप निराशा व्यक्त गर्दै क्याटरिनाले यसो पनि भनिन्,’ म पनि अरु महिला जस्तै हुँ। जब काम गरिरहेको हुनुपर्छ तब तपाईहरु आफ्नो कामको र करियरको बारेमा कुरा होस् भन्ने चाहना राख्नुहुन्छ। हरेक कलाकारलाई यो थाहा छ कि उसको निजी जीन्दगीको कुरा हुन्छ भनेर।’
क्याटरिनाले यसरी आफ्नो निराशा व्यक्त गरेपनि रणविरसँगको सम्बन्ध र ब्रेकअपका बारेमा भने केहि बोलिनन्। उनले मात्र यति भनिन्, ‘ मैले यो पहिला पनि भनेकी छु र फेरि पनि भन्छु जबसम्म तपाईको बिहे हुँदैन तपाईं सिङ्गल हो।’








