उपराष्ट्रपति पुनद्धारा शुभकामना सन्देश व्यक्त

Vice-President Nanda Bahadur Pun assumes his office after being sworn-in by President Bidya Devi Bhandari, in Kathmandu, on Sunday, November 1, 2015. Photo: RSS

माघ १६। काठमाडौँ,  उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई संविधानसभाबाट प्राप्त नयाँ संविधानले संस्थागत गरेको बताएका छन् ।

सहिद दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले जुन उद्देश्यका निम्ति बलिदान भएको थियो, त्यसको प्राप्ति र तत्पश्चात् त्यसको स्थायित्वका लागि देशवासी सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उपराष्ट्रपति पुनको सन्देशमा भनिएको छ– “प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ सहिदले आफ्नो जीवनको समेत प्रवाह नगरी गरेका अमूल्य बलिदानलाई म यस अवसरमा हृदयदेखि नै उच्च सम्मान गर्दछु ।”

शान्त, समृद्ध राष्ट्र निर्माण र संविधानसभामार्फत प्राप्त नयाँ संविधानको पूर्ण कार्यान्वयन नै आजको प्रमुख आवश्यकता भएको उनले बताएका छन्।

सहिदको बलिदानीलाई सबै नेपालीले एउटा गौरवपूर्ण दिनका रुपमा लिएर उहाँहरुद्वारा इच्छित उद्देश्य साकार पार्न नेपाली एकताबद्ध भएर अगाडि बढ्दै शान्ति र समृद्धिको बाटोमा दृढतापूर्वक अघि बढ्न सकेमा मात्र सहिदप्रतिको सार्थक श्रद्धाञ्जलि हुने उपराष्ट्रपति पुनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षकहरु