एजेन्सी, अघिल्लो वर्ष काजोलले बलिउडमा ‘कमब्याक’ गर्ने भएपछि व्यापक चर्चा भयो । उनले पतिको ब्यानर तले राम माधवानीबाट बन्ने फिल्मबाट कमब्याक गर्ने व्यापक चर्चा गरियो । तर, उनले त्यो फिल्म गरिनन् । त्यसपछि उनलाई सुजाय घोषको फिल्म ‘दुर्गा रानी सिंह’को अफर आयो । तर, उनले त्यो फिल्म पनि गरिनन् । यी सबै फिल्म छाडेर उनले ‘दिलवाले’ रोजिन् । तर, दिलवालेले भारतमा राम्रो कारोबार गर्न सकेन ।
दिलवालेमा शाहरुख, वरुण, कृतिलगायतका अन्य कलाकार भएकाले काजोल छायामा पनि परिन् । उनको एक्लो प्रभाव नपरेपछि काजोल दिलवाले गरेकामा पछुताएकी छिन् । सुजायको फिल्ममा ‘मर्दानी’मा रानी मुखर्जी तथा ‘जज्बा’मा ऐश्वर्या राय बच्चनलाई मिलेजस्तो भूमिका काजोललाई पनि मिल्ने थियो ।








