पूर्वमा पहिलो पटक हिपजोर्नीको सफल प्रत्यारोपण

पुस २७ । मोरङ, न्युरोकार्डियो एण्ड मल्टी हस्पिटल प्रालि, विराटनगरले पूर्वाञ्चलमा पहिलो पटक कम्मरमुनिको जोर्नीको सफल प्रत्यारोपण गरेको दाबी गरेको छ ।

सो अस्पतालका विभागीय प्रमुख एव्म हाडजोर्नी नसा रोग विशेषज्ञ डा नवीनकुमार कर्णसहितको विशेषज्ञको टोलीले धरान–१५ पानमाराका ७५ वर्षीय वीरबहादुर राईको कम्मरमुनिको जोर्नीको सफल सिमेन्टेड प्रत्यारोपण गरिएको अस्पतालका प्रमुख सञ्चालक डा वीरेन्द्र विष्टले जानकारी दिए।

डा नवीनकुमार कर्णका अनुसार राई अस्पताल आउँदा उनको जोर्नी नै तलमाथि भएको थियो । हप्ता दिनसम्म ट्र्याक्सनको सहायताले जोर्नीलाई पुरानो स्थानमा फर्काउने काम भएको थियो ।

सो अस्पतालमा उपचार गराउँदै आएका  ७५ वर्षीय् राईले उपचारका लागि भारतका विभिन्न अस्पतालमा पुगेर थुप्रै पैसा खर्चिएको बताए । राईले भने – “उपचार सम्भव हुन्छ भन्ने कल्पनामै सीमित थियो । सफल शल्यक्रिया सम्पन्न भएको हप्ता दिन पुगेको छ । सफल शल्यक्रिया भएको हप्तादिनपछि न्युरो कार्डियो एण्ड मल्टी हस्पिटल प्रालिले आइतबार बेलुका विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग राईले आफू हिँडडुल गर्न सक्ने भएकामा निकै खुसी व्यक्त गरे । राईले भने – “मैले नयाँ जीवन पाएको छु त्यसैमा मलाई खुसी लागेको छ ।”

सम्बन्धित शिर्षकहरु