नेपालबारे मोदीले यसो भने

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लामो समयपछि सार्वजनिक रुपमा नेपाल शब्द उच्चारण गरेका छन् । नेपाल–भारतबीच चलेको पछिल्लो गतिरोधका बेला चुपचाप बसेका मोदीले बिहीबार आफ्नो ट्वीटरमार्फत नेपाल शब्द उच्चारण गरेर ३ मिनेटभित्र तीन वटा ट्वीट गरेका छन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोन वार्ता गरेर भारत भ्रमणको निम्तो र नाकाबन्दी खुल्ने संकेत दिए लगत्तै मोदीले नेपालबारे ट्वीट गरेका हुन् ।
03112015083651oli-modi-600x0
उनले आफ्नो पहिलो ट्वीटमा नेपालको प्रधानमन्त्रीलाई टेलिफोन गरी नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा बुझेको लेखेका छन् । आफ्नो दोश्रो ट्वीटमा मोदीले नेपालले भोगिरहेको तत्कालिन समस्या समाधानका लागि वार्ता र सहमतिमा जोड दिएका छन् । भने तेश्रो ट्वीटमा उनले छिमेकी मुलुक नेपाललाई नयाँ वर्ष २०१६ को शुभकामना भनेका छन् ।

सम्बन्धित शिर्षकहरु