काइलीको घरमा को छिर्‍यो ?

एजेन्सी, ‘रियालिटी टिभी स्टार’ काइली जेनरको घरमा जबर्जस्ती छिर्ने प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । डेली मिरर न्युजका अनुसार १९ वर्षीया स्टार काइली परिवारसँग घरभित्रै आराम गरिरहेका वेला अपरिचित एक व्यक्ति मूल गेटबाट छिर्ने प्रयास गरेका हुन् । ती व्यक्ति अहिलेसम्म कम्तीमा १० पटक घरवरिपरि देखिँदै आएको काइलीका परिवारले प्रहरीलाई जानकारी दिएका छन् ।

प्रहरीले ती व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको खबर छ । उसलाई छोड्नुअघि उसको मनोविज्ञान जाँच गरिने प्रहरीले जनाएको छ । तर, व्यक्ति को हो भन्नेबारे प्रस्ट खुलाइसकेको छैन । नयाँ पत्रिका।

सम्बन्धित शिर्षकहरु