यस्पालित घरैको छानो फेर्नुपर्छ छोरा
आफुभन्दा ठुलोको कुरा टेर्नुपर्छ छोरा
अब हाम्रो उमेरले डाँडा काटिसक्यो हेर
बहिनिको लागि नि केटा हेर्नुपर्छ छोरा
छिमेकिले मिलेर हेप्न थालेकाछन् यहाँ
आफ्नो जती करेसा बारी घेर्नुपर्छ छोरा
घरफर्क अबत कती विदेश बस्छौ भन ?
हामीमर्दा कफनले तिम्ले बेर्नुपर्छ छोरा
यस्पालित घरैको छानो फेर्नुपर्छ छोरा
आफुभन्दा ठुलोको कुरा टेर्नुपर्छ छोरा- (नेत्र बहादुर पण्डित क्षेत्रि )
Netra Bahadur Pandit Chhetri








