जनवरी एकमा विश्व भरका नेपाली हरूले टोपि दिवस मनाउंदै

असनेपालन्युज, सिड्नी । हाम्रो मान, शान12376006_942368142465361_4243427866890329526_n र पहिचान: नेपाली टोपिलाइ सम्मान गर्ने अभिप्रायेले जनवरिको पहिलो दिन लाई टोपी दिबसको रुपमा मनाउन दिवस  आयोजकहरूले अनुरोध गरेका छ्न्।
जनवरी १ मा अंग्रेजी पात्रोको चलन भएका देश / स्थानहरुमा नयाँ बर्षको उत्सव हुने र त्यस अवसरमा नेपाली पनको प्रयोग गर्न र नेपालका नेपालीहरुमा समेत उक्त दिनमा पर्वजस्तो उल्लासमय बाताबरण हुने हुनाले उक्त दिनमा नेपाली टोपी लगाएर जनवरी १ लाई अझै बिशेष बनाउन सकिन्छ भन्ने अवधारणा अनुसार नेपाली टोपी दिवस २०१४ जनवरी १ बाट संसारभर मनाउन शुरु गरिएको बताईेएको छ ।
गत बर्ष जस्तै यसपाली पनि १ जनवरी २०१६ का दिन तेश्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाउन लागिएको बताइन्छ ।अस्ट्रेलियाको विभिन्न शहरमा टोपि दिवस मनाउने तयारी भएको छ ।
“शताब्दीऔं देखि प्रयोग भै रहेको नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले हामीहरुले बिगत ३ बर्षदेखि जनवरी १ (अंग्रेजी नयाँ बर्षको पहिलो दिन) लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको रुपमा मनाई रहेका छौं। अगिल्लो बर्षमा संसारभरबाट भएको सहभागिता र संचार माध्यमहरुबाट पाएको सद्भावना यसपटक पनि प्राप्त हुनेछ भन्नेमा हामि पूर्ण बिश्वस्त छौं ।’-तेश्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस का आयोजक मध्येका एक डा लेखनाथ काफ्ले असनेपालन्युजलाई बताउनुहुन्छ ।
सो दिवसको सन्देश “नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ । जनवरी १ लाई नेपालीपनले मनाऔं ।”रहेको छ । यसले अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि टोपी संस्कारलाई थप प्रबर्द्धन र प्रसार दिन मद्दत गर्ने नेपालरोमनिया न्युज जनाएको छ ।12042899_912957942119950_5959111195663891747_n

सम्बन्धित शिर्षकहरु