कुकुरको मासु खाँदा पाँचको मृत्यु

kambodiyaन्होमपेन्ह्, कम्बोडियाको क्रेटी प्रान्तमा विषाक्त कुकुरको मासु खाई विरामी परेकामध्ये पाँच व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

उक्त विषाक्त मासु खाँदा ३६ जना कम्बोडियाली नागरिक विरामी परेका थिए ।

एक जना वृद्ध, उनकी बुहारी र उनीहरूका एक जना छिमेकीको विषाक्त मासु खाएपछि आइतबार विहान मृत्यु भएको थियो ।

उनीहरूले सो मासु खाएको केही घण्टापछि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको बताइएको छ ।

मृतक वृद्धले बजारबाट किनेर ल्याएको उक्त मासु दूषित परेपछि मासु खाने तीनै जनाको मृत्यु भएको थियो ।

यसैबीच मृतकहरूको अन्त्येष्टीमा उपस्थित भएका अरू गाउँलेले पनि सोही बाँकी दूषित मासु खाएको र मासु खाएका कारण सहभागी सबै बिरामी परेका थिए ।

मासु खाएपछि शरीरमा आलस्यता उत्पन्न भएको र रिङ्गटा लागेपछि उनीहरूका आफन्तले बिरामी सबैलाई अस्पताल पु¥याएको जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु