दीपिकाको हलिउड प्रोजेक्ट यस्तो छ

एजेन्सी, निर्देशक श्रीराम राघवनसँगको फिल्म, अभिनेता सलमान खानसँगको फिल्मका कुरा छाडेर अहिले बलिउड अभिनेत्री दीपिका पादुकोणको हलिउड प्रोजेक्टको चर्चा चुलिएको छ । तर, यो कस्तो प्रोजेक्ट भन्ने अहिलेसम्म खुलेको छैन ।

दीपिकाले यो प्रोजेक्ट अमेरिकाबाट फर्केपछि सार्वजनिक गर्ने आस बलिउडले गरेको छ । त्यसो त, आधिकारिक सूचना आउनुपहिले नै यसबारे विभिन्न अड्कलबाजी लगाइसकिएको छ । कसैले भनेका छन्– दीपिका अब फास्ट एन्ड फ्युरिसको नयाँ शृंखलामा देखिनेछिन् । कसैले उनी ‘ट्रिपल एक्स’को नयाँ शृंखलामा देखिने अनुमान पनि गरेका छन् । तर, दीपिकाले यसबारे भनेकी छिन्, ‘अहिलेसम्म केही तय भएको छैन । छिट्टै म यसबारे घोषणा गर्नेछु ।’ नयाँ पत्रिका ।

सम्बन्धित शिर्षकहरु