‘मस्तीजादे’मा सन्नी २७ बिकिनीमा

एजेन्सी, बलिउडमा ‘बोल्ड सिन’ दिँदै आएकी सन्नी लियोनलाई ‘मस्तीजादे’मा झनै फरक देख्न पाइने बताइएको छ । मस्तीजादेमा सन्नीले एक–दुईवटा होइन, २७ वटा बिकिनी लगाएको खबर छ । फिल्ममा उनका कैयौँ बिकिनी सिन छन् । बिकिनी सिनकै लागि उनले आफ्नो तौल पनि घटाएकी छिन् । फिल्ममा दिनुपर्ने सिनबारे सुन्दा र शारीरिक बनोट बदल्नुपर्ने हुँदा सुरुमा उनी अचम्मित भएकी थिइन् । तर, को–स्टार तुषारा कपुर र फिल्म निर्देशक मिलाप जावेरीले शरीर घटाउन असहज नहुने सम्झाएपछि उनी सहज भएकी थिइन् । मस्तीजादे ‘एडल्ट कमेडी’ फिल्म भएको बताइएको छ । फिल्म २९ जनवरी २०१६ मा रिलिज हुनेछ ।

सम्बन्धित शिर्षकहरु