एनआरएनए अस्ट्रेलियाले पार्लियामेन्ट हाउस अगाडि प्रदर्शन गर्ने

nrn-australiaअस्ट्रेलिया, भारतले नेपालमागि अमानवीय तवरले नाकाबन्दी गरकेको भन्दै एनआरएनए अस्ट्रेलियाले पार्लियामेन्ट हाउस अगाडि प्रदर्शन गर्ने भएको छ । एनआरएनए अस्ट्रेलियाको अग्रसरतामा भोली डिसेम्बर ३ तारिख बिहान ९ बजे क्यान्बेरास्थित पार्लियामेन्ट हाउस अगाडिको बिरोध प्रदर्शनको आयोजना भएको हो ।

उसले बिभिन्न राजनीतिक निकाय, कूटनीतिक नियोग र राष्ट्रिय अन्तर्राष्ट्रिय संघ/संस्थाहरुलाई ज्ञापनपत्र समेत दिन लागेको हो । कार्यक्रमका बारेमा जानकारी गराउँदै एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले नेपालको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न लागेको जानकारी दिए । ‘नेपालमा भारतले अमाननीय तवरले नाकाबन्दी लगाइरहेको छ । जसका कारण नेपालीले निकै कष्ट बेहोर्न परिराखेको छ । सो कुरा हामीले विभिन्न अन्तर्राष्ट्रिय निकायहरूलाई सुसूचित गराउन लागेका हौं’ उनले भने ।

ज्ञापनपत्रमा करिब तीन महिनादेखी नेपालीहरूले भोग्नु परेको समस्या, मधेस आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीप्रती अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण हुनु पर्ने उल्लेख छ ।  सबै सरोकारवलाहरूलाई शिघ्र समाधानकोलागि पहल गर्न दवाब दिनकोलागि गरिएको एउटा सामुहिक कार्यक्रमरूपमा बुझिदिएर उपस्थित हुन पनि उनले सबैलाई अनुरोध गरेका छन् ।

सम्बन्धित शिर्षकहरु