‘पोर्न स्टार टोरीबाट धेरै प्रभावित छु’

एजेन्सी, रामगोपाल बर्मा बलिउडका चर्चित निर्देशक हुन् । हालै उनले आत्मवृत्तान्त प्रकाशित गरेका छन् । ‘गन्स एन्ड थाइस स् द स्टोरी अफ माई लाइफ’ सार्वजनिक कार्यक्रममा उनले अभिव्यक्त गरेका केही कुराले चर्चा पाएको छ । उनले आफू एउटी पोर्न स्टारबाट जीवनमा बढी प्रभावित भएको खुलासा गरेपछि चर्चा धेरै भएको छ । बर्माले ती पोर्न स्टार आफ्ना लागि मदर टेरेसाभन्दा पनि प्रभावित महिला भएको अभिव्यक्ति दिएपछि कार्यक्रममा उपस्थित सबै अचम्मित भए ।

बर्मालाई यति साह्रो प्रभावित पार्ने पोर्न स्टार हुन्, अमेरिकी टोरी ब्ल्याक । विश्वप्रसिद्ध महिला समाजसेवी मदर टेरेसाभन्दा पोर्न स्टार टोरीबाट प्रभावित हुनुको कारण पनि खुलाएका छन् । ‘मैले समाजसेवाका लागि कुनै काम गरेको छैन, यसकारण पनि म मदर टेरेसाभन्दा पोर्न स्टार टोरीबाट प्रभावित छु,’ उनले भने, ‘मैले टोरीको एउटा अन्तर्वार्ता हेरेको थिएँ, जहाँ उनले पोर्न उद्योगमा जाने निर्णयबारे बोलेकी थिइन् । पोर्न उद्योगमा लाग्नेलाई घृणाको नजरले हेरिन्छ । यस्तो अवस्थामा स्वयं पोर्न उद्योगमा लागेँ भन्न ठूलो हिम्मत चाहिन्छ । म उनको चरित्रलाई निकै हिम्मतवाला मान्छु । र, मलाई यो भन्न पनि कुनै अप्ठ्यारो छैन कि म पोर्न मुभी हेर्छु ।’

बर्माले टोरीबाहेक बलिउड अभिनेत्री उर्मिला मातोंडकर, चिनियाँ स्टार ब्रुस ली, अमिताभ बच्चन र केही ग्याङ स्टारहरूलाई समेत आफूले जीवनका प्रेरक व्यक्ति मान्ने गरेको बताए । उनको आत्मवृत्तान्तमा कतिपय विवादास्पद कुरा समावेश भएको बताइएको छ । नयाँ पत्रिका ।

सम्बन्धित शिर्षकहरु