एजेन्सी, केही सातायता हलिउड अभिनेता ब्राड पिट र एन्जेलिना जोलीको सम्बन्धबारे बहस भइरहेका छन्, गसिप बनिरहेका छन् ।
कहिले यी दुई एक–अर्कासँग राम्रो नभएको र त कहिले यी दुईले बोल्नै छाडेको खबर आइरहेका छन् । त्यसो त, उनीहरूले एक महिनायता मात्रै आफ्नो सम्बन्धबारे प्रस्टीकरण दिन दुईपटक विज्ञप्ति निकालिसकेका छन् ।
यही समयमा जोलीको अर्को अभिव्यक्ति आएको छ जसले यी दुईको सम्बन्धबारे बनेका समाचार अफवाह मात्र भएको पुष्टि गरेको छ । जोलीले भनेकी छिन्, ‘म र पिट जति बहस गरे पनि जति झगडा गरे पनि हाम्रै लागि गर्छौँ । हाम्रा पनि सीमा छन्, चुनौती छन् । तर, मेरो काम भनेको पिटलाई माया गर्नु हो र म त्यो काम गरिरहेकी छु ।’ यी दुई दश वर्षयता सँगै छन् । नयाँ पत्रिका







