असनेपालन्युज समाचार , सिड्नी ।

भारतीय नाकाबन्दी विरूद्ध सिड्निमा नेपाली समुदायले एैक्यवद्द रुपमा विशाल विरोध सभा को आयोजना गरेका छन्। एनाआरएनए एन एस डब्लु स्टेट र एन आर एन अस्ट्रेलिया को आयोजना मा सम्पन्न सो विरोध सभामा ५ सय भन्दा बढीको सहभागीता रहेको एन आर एन ए अध्यक्ष्य सुरेन्द्र सिग्देल असनेपालन्युज लाई बताउअनु हुन्छ । सो अवसरमा नाकाबन्दी खुलाउन दबाब स्वरुप विभिन्न प्लेकार्ड र ब्यानर प्रदर्शन गरिनु का साथै हस्ताक्षर संकलन गरिएको थियो। कार्यक्रममा एन एस डब्लु को अर्डीनेटर दिनेश पोख्रेल ,तथ अध्यक्ष सिग्देल लगायतका वक्ताले भारतले नाका बन्दि गरेको नियत पक्का भएकाले यसको संसार भर बाट दवाब र विरोध स्वरुप यो विरोध प्रदर्शन गरिएको धारणा राखे । ४१ डिग्रीको गर्मिलाई छिचोल्ल्दै नेपालीइहरू सिड्निको मुटु मार्टिन प्लेस पुगेका थिए । सो अवसरमा संकलन गरिएको हस्ताक्षरलाई क्यानवेरा स्थित भारतीय दुतावसमा बुझाउने तयारी गरेको बताईयो । नाकाबन्दीका कारण मुलुकबासीको जनजीवन अस्तव्यस्त भएको र औषधि लगायतका अत्यावश्यकीय चिजहरूको आपूर्ति संकट चुलिएको भन्दै एनआरएनए अष्ट्रेलिया आन्दोलित भएका एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले जानकारी दिए । एनआरएनए अष्ट्रेलियाले विरोध प्रदर्शन, दूतावासलाई ज्ञापनपत्र, हस्ताक्षर संकलन लगायतका कार्यक्रम जारी राख्ने बताएको छ ।
प्रदर्शनी हेर्न आएका अस्ट्रेलियन हरूले समेत सो विरोध प्रदर्शनमा चासो देखाएका थिए । नाका नखुले सम्म यो विरोधलाई निरन्तरता दीइने एन आर एन अस्ट्रेलियाले असनेपालन्युजलाई जनाएको छ।
एनआरएनए अष्ट्रेलियाले विभिन्न चरणका बिरोध कार्यक्रमहरू यस्ता छन्:
१) पहिलो चरणमा भारतले नेपाल बिरूद्ध गरेको अमानवीय अघोषित आर्थिक नाकाबन्दीको बिरोध गर्न एनआरएनए अष्ट्रेलियाले अष्ट्रेलियामा रहेका सबै नेपाली समुदायसँग समन्वय गर्दै अष्ट्रेलियाको सबै स्टेटहरूमा यहि नोभेम्बर २० तारिक साँझ ५ बजे शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने। २) सिड्नीको मार्टिन प्लेसमा यहि नोभेम्बर २० तारिक शुक्रबार सांझ ५ बजे शान्ति पूर्ण बिरोध प्रदर्शनमा सहभागी हुन एनआरएनए अष्ट्रेलियाले न्यु साउथ वेल्स राज्यमा रहेका सम्पूर्ण नेपालीहरूलाई अनुरोध गर्दछ। यहि नोभेम्बर २० तारिक शुक्रबार साँझ ५ बजे गरिने पहिलो चरणको शान्ति पूर्ण बिरोध प्रदर्शनको लागि अन्य स्टेटहरूको स्थानीय प्रशासनलाई सुचित गरेर अनुमति चाँडै लिने र अनुमति लिएपछि प्रत्येक स्टेटहरूमा प्रदर्शन गरिने स्थान तय गरेर सामाजिक सञ्जाल तथा मिडिया मार्फत सम्बन्धित सबैलाई पुनः सुचित गरिने छ ।अस्ट्रेलियाको सबै राज्यमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई उक्त मितिमा आफ्नो आफ्नो स्टेटका एनआरएनए अष्ट्रेलियाले आयोजना गर्ने बिरोध प्रदर्शन कार्यक्रममा सहभागी हुन र आफुले चिनेका साथी भाइहरूलाई सहभागी गराउन पहल गर्न अनुरोध गर्दछ । ३) पहिलो चरणको बिरोध प्रदर्शन पछि दोस्रो चरणको कार्यक्रममा भारतीय राजदूतावास लगायत सम्बन्धित अन्य कुटनीतिक नियोग र निकायहरूमा बिरोध पत्र बुझाई सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने । ४) भारतले नेपाल बिरूद्ध गरेको अघोषित नाकाबन्दीको बिरोध प्रदर्शनको तयारीको सिलसिलामा अहिले देखि नै प्रत्येक स्टेटको एससिसिले आफ्नो स्टेटमा भएका सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधिहरूसंग बृहत छलफल गरि एनआरएनको अगुवाइमा बुझाउन लागेको बिरोध पत्रमा सबै स्टेटको नेपाली संघसंस्थाको प्रतिनिधिको हस्ताक्षर संकलन गर्ने । ५) भारतले नेपाल बिरूद्ध गरेको अघोषित नाकाबन्दीको बिरोध गर्दै सबै स्टेटमा भारतीय राजदुताबास, क्यानबेरा लगायत सम्पूर्ण स्टेटमा रहेका भारतीय महावाणीज्यदूताबासको कार्यालयमा बिरोध पत्र बुझाउने । ६) अष्ट्रेलियन सरकारको विदेश मन्त्रालय र अष्ट्रेलियाको विभिन्न राजनैतिक संस्थाहरूलाई भारतले नेपाल बिरूद्ध गरेको अमानवीय अघोषित नाकाबन्दीको जानकारी दिदै ध्यानाकार्षण पत्र बुझाउने । ७) अष्ट्रेलिया स्थित संयुक्त रास्ट्र संघको नियोग, एम्नेस्टी इन्टरनेसनल, रेडक्रस लगायतका विभिन्न संस्थाहरूलाई भारतले नेपाल बिरूद्ध गरेको अमानबिय अघोषित नाकाबन्दीको जानकारी दिदै ध्यानाकार्षण पत्र बुझाउने । ८) अष्ट्रेलियामा अवस्थित विभिन्न देशका संघ सस्थाहरूलाई यस अमानवीय अघोषित नाकाबन्दी र त्यसले पारेको कष्टकर दैनिकीको जानकारी दिदै आ-आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न अनुरोध गर्ने ।








