काठमाडौं, प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्ता विनानिष्कर्ष टुङ्गएिको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार बनेपछि प्रमुख विपक्षी कांग्रेससहितका तीन दलले पहिलो पटक मधेसी मोर्चाका शीर्ष नेताहरुसँग वार्ता गरेका थिए ।
तर, वार्तामा प्रमुख दलहरु तयारी विना नै आएको र अझै विश्वास गर्ने वातावरण बनिनसकेको भन्दै वार्ता सफल र परिणाममुखी हुन नसकेको बताएको छ। वार्तापछि मोर्चाका नेता उपेन्द्र यादवले दलहरुले सहमति नगरे छठपछि कडा आन्दोलन गर्ने बताएका छन् ।








