आज तिहारको भाईटिका, विदेशको टिकामा साईत ठुलो की फुर्सद !

tika 2 tika
असनेपालन्युज ,सिड्नी । आज हिन्दूहरूको महान पर्व तिहारको भाईटिका मनाइंदै छ। नेपाल र नेपाल वाहिरका देशमा यो पर्व नेपालीहरू विच विशेष तवरले मनांंईदै छ। अस्ट्रेलिया लगायत नेपालीहरू छरिएर रहेका विभिन्न देशमा यो पर्व मनांईंदै छ । अस्ट्रेलिया मा पनि विभिन्न शहरहरू सिड्नी , मेलवर्न , ब्रिस बेन लगायत सबै शहरमा नेपालीइहरूले आफ्ना दिदी बहिनी र भाईइहरू विच टिका तथा आशिर्वाद साटासाट गर्दै छन्। अधिकंश नेपालीइहरूले आज विदा बस्न चाहने हुंदा नेपालीहरू मात्र काम गर्ने कार्यालयहरूमा विषेश कठिनाई पर्ने गरेको छ । आज विदा बस्न गाह्रो थियो, सबैले पहिल्यै मागि सकेका रहेछन् , तर उनिहरूको निकै अगाडि देखिको योजना भएकाले शहज भयो बेलुकि , मलाई भने छुट्टी मिलेन तसर्थ टिका विहानै लगाएर काममा फर्कनु परेको छ -मनिष सन्जेल बताउंछन्।
यसोत सिड्निको रकडेल निवासि रोशन पराजुली भन्छन्न “आज काममा छुट्टी मिल्दै मिलेन त्यसैले बेलुका मात्र टिका लागाउने कार्यक्रम छ। टिकाटालाको कार्यक्रम विदेशमा साइत भन्दा पनि आ-फ्फ्नो समय अनुसार मिलाउनु पर्ने अवस्था रहेको आनन्द मार्गका स्वामि सुचिनानन्द बताउनु हुन्छ । यसो त यम द्वित्तिया को दिन भरी नै टिका लगाउन सकिने, साइत भन्दा पनि आत्मिय भावले जब दीदि बहिनी विच आशिर्वादको विनिमय हुन्छ त्यहि नै उत्तम साइत हो – डा चिन्ता मणि योगि असनेपालन्युजलाई बताउनुहुन्छ । सुर्य सिद्दान्त का अनुसार आज अस्ट्रेलियामा ८।३०,११।५१, १२:३०,१।४५,२०।४५ मा टिका को साइत रहेको छ। न्यु साउथ वेल्स का महावाणिज्य दुत दीपक खड्का ले , भिक्टोरियाका चन्द्र योन्जन , र एडेलेडका दिपक धमला ले पनि नेपाली समुदायलाई तिहारको शुभकामना दिनु भएको छ ।

सम्बन्धित शिर्षकहरु