अष्ट्रेलिया, नेपालबाट अष्ट्रेलिया भ्रमणमा पुगेका नेपाली अभिभावक एमव् आमाबुबाहरू त्यहाँका हन्टर भ्यालीस्थित गोकुलधाम भजन किर्तनका लागि पुगेका छन् । प्रवासजस्तो ठाउँमा नेपालको झल्को मेटिनेगरी तिर्थाटन गर्दै हरेराम भजन किर्तन र सात्विक आहारमा रमाउन पाउँदा उनीहरू निकै खुसी देखिन्थे ।
त्यस्तै गोकुलधाममा पालिएका ८० भन्दा बढी गाई देख्दा उनीहरू झन् उत्साहित भएको आचार्य राजन शर्माले जानकारी दिएका छन् । नेपालबाट आफ्ना छोराछोरी भेट्न पुगेका अभिभावकलाई योग, ध्यान र प्रणायाम गराउन शर्माले नै त्यस ठाउँको भ्रमणको प्रवन्ध मिलाएका हुन्।
गोकुलधाम मन्दिरमा अष्ट्रेलियाली पूजारी कालिया कृष्णदासले उनीहरूलाई टीका लगाइदिनुका साथै फूल प्रसाद समेत दिएका थिए । अष्ट्रेलिया जस्तो क्रिश्चियन समुदायको बाहुल्यता रहेको देशमा हिन्दू धर्मको यसरी प्रचार भइरहेको देख्दा अभिभावकहरू आश्चर्यमा परेको आचार्य शर्मा बताउँछन् । अभिभावकहरूले मन्दिरमा भजनकिर्तन गाउँनका साथै चुट्काहरू पनि गाएका थिए ।







