मिस हेरिटेज इन्टरनेसनलमा नेपाल बाट निशा पाठक

काठमाडौं, सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘मिस हेरिटेज इन्टरनेशनल’ को २०१५ को संस्करणको तयारी अगाडि बढेको छ ।

यस प्रतियोगिताका सहभागी र विजेताको दायित्व कर्तत्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ्रयस पटकको आयोजना भारतको नयाँ दिल्ली शहरमा आगामी डिसेम्बर ६ देखि १३ तारिख सम्म संचालन हुने तय भएको छ । मिस हेरिटेज इन्टरनेसनल २०१५मा नेपालका तर्फबाट निशा पाठकको सहभागिता रहेको छ ।

पाँच फिट पाँच इन्च उँचाईकी १९ वर्षिया निशा मिस ग्लोबल इन्टरनेसनल नेपाल २०१४ की विजेता हुन् ।मालीगाउँ निवासी निशा हाल पद्म कन्या क्याम्पसमा बिबिए अध्ययनरत छिन् ।उनी दीन दुःखी विशेषत असाहय र अनाथ बालबालिकाहरुको सहयोगी हुने लक्ष राख्छिन् ।मोडलिङमा पनि उत्तिकै रुचि राख्ने निशा स्टेज कार्यक्रम संचालनमा पनि सक्रिय छिन् ।

यस पटकको मिस हेरिटेज इन्टरनेसनल २०१५ प्रतियोगितामा नेपाल, फिलिपिन्स, बंगलादेश, भारत, म्यानमार, थाइल्याण्ड, मलेसिया, जिम्बावे, मोरोक्को, नेदेरल्याण्ड, हाइटि, घाना, लेसोथो, युगाण्डा, दक्षिण अफ्रिका, नाइजेरिया, डेनमार्क, रसिया, बेलारुस, जाम्बिया लगायत विश्वका तीस मुलुकका सुन्दरीहरु उपाधि दौडमा सहभागि हुने आयोजक संस्था इप्लानेट प्रा।लि।ले जनाएको छ ।यस पटकको आयोजनामा भारतस्थित सामाजिक संस्था वी फोर वी स्थानीय पार्टनरका रुपमा रहने छ ।

सम्बन्धित शिर्षकहरु