वीरगञ्जमा दमन भएको भन्दै महतोले दिए यस्तो चेतावनी

;8sdf ;+3{if / ;+ljwfg ;efaf6 ;+ljwfg M  dw]zL kqsf/ ;dfh k;f{n] ;f]daf/ jL/uGhdf cfof]hgf u/]sf] kqsf/ ;Dd]ngnfO{ ;Daf]wg ub}{ ;befjgf kf6L{sf cWoIf /fh]Gb| dxtf] -aLrdf_ . pxfFn] ;+ljwfg ;efaf6} clwsf/ / klxrfg ;+lxtsf] ;+ljwfg lgdf{0f x'g] atfpg' ePsf] 5 .   tl:j/ M laho s'df/ dxtf] ÷/f;; ÷k;f{

वीरगञ्ज, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छिमेकी भारत र चीन लगायत अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा नाकाबन्दी लगाउने पर्ने बताएका छन् । तीन महिनादेखि  शान्तिपूर्ण मधेश आन्दोलनलाइ सरकारले कुनै सुनुवाई नगरेको भनदै नेपाललाई कडा नाकबन्दी गरेर दबाव दिन  उनले आग्रह गरेका हुन् । वीरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले ओली नेतृत्वको वर्तमान सरकारले वार्ता बिथेलेर दमन थालेको  बताउँदै नाकाबन्दी सरकारले कुरा नसुन्ने धारणा राखे ।

‘२०४६ को आन्दोलनमा  गिरिजाप्रसाद कोईरालाले जनतामाथि सरकारले गरेको दमन बिरुद्ध नाकाबन्दी गरेर सघाउन भारत, चीन र सबै दुनियालाई अह्वान गरेको स्मरण गराउँदै उनले आफूहरुले पनि आह्वान गरिरहेको बताए। नेता महतोले भने, ‘यतिखेर हामीले पनि उस्तै अह्वान गर्नुपर्ने भएको छ।

उनले यसलाई बाध्यात्मक कदम भएको बताउदै भने , ‘संविधानसभामा चुनावमा जान अन्तर्राष्ट्रिय समुदायले दबाव दिएपछि २०६४ फागुन १६ मा हामीले सरकारसँग ८ बुँदे सम्झैता गरेका थियौ र  त्यतिबेलाको मधेश आन्दोलन पनि रोक्यौं। माधव नेपाल र पुष्पकमल दाहाललाई साक्षी राखेर गिरिजाप्रसादले सरकारकोतर्फबाट गरेको सम्झैता यतिखेर सरकारले नमानेकोले अन्तर्राष्ट्रिय जगत लागू गराउन दबाव दिनु पर्छ।’

मधेश आन्दोलनमा मानव अधिकारको गम्भीर उलंघनका घटनाहरु गर्दैआएको  अन्तर्राष्ट्रिय मानवअधिकारबादी संगठनहरुको प्रतिवेदनबाट प्रष्ट भइसकेको र मानव अधिकार आयोगले समेत स्वीकार गरिसकेको भन्दै नेपालमा गोली गट्ठा र इन्धन लगायत आपूर्ति रोकेर र बिश्व समुदायले सहयोग गर्नुपर्ने आवश्कता रहेको उनले बताए।

अन्तरिम संविधानले प्रदान गरेको अधिकार समेत खसवादी तीन दलले ल्याएको नयाँ संविधानमा कटौती भएकोले ति अधिकारहरुको पुर्नबाहाली र संघीयता नै आफूहरुको मुख्य अजेन्डा भएको उनले बताए । वार्ता साकारात्कम दिशामा बढेको बेला सोमबार बिहान वीरगन्ज नाकास्थित शान्तिपूर्ण धर्नामा सरकारले दमन गरेर वार्ता बिथोलेको उनको आरोप छ।

सरकारले मधेश आन्दोलनको बिकल्पमा चीनबाट इन्धन आपूर्तिको नीति अपनाएको  भन्दै नेता महतोले मधेशीहरुले बिकल्प खोज्न थाले खसबादी तीन दल र सरकारलाई अप्ठ्यारो पर्ने चेतावनी दिए।

‘आन्दोलनकारी मधेशी युवाले हामीसँग हतियार माग्न थालेका छन्,’ महतोले भने। मधेशीहरुमा कहिले पनि बिखण्डनकारी सोंच नरहेको र मोर्चा राष्ट्रिय अखण्डताको पक्षमा रह्दै आएको बताए। सदभावना पार्टी उपाध्यक्ष शिवचन्द्र कुशवाहा, केद्रीय सदस्य निजामुद्दीन समानि लगायतका नेताहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा उनले सकारले दमन गरेर आन्दोलनलाई उक्साएको आरोप लगाए।

सम्बन्धित शिर्षकहरु