काठमाडौँ, राष्ट्रपतिका लागि उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका नेता नारायण महर्जनले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमाले र एकीकृत नेकपा माओवादीसहितका सत्तारुढ दलको आग्रहमा उनले उम्मेदवारी फिर्ता लिएका हुन्।
सत्तारुढ दलले राष्ट्रपति उम्मेदवार नेकपा एमालेकी विद्या भण्डारीलाई सहयोग गर्न आग्रह नेपाल मजदुर किसान पार्टीलाई आग्रह गरेपछि उनले पार्टीको निर्देशन अनुसार उम्मेदवारी फिर्ता लिएका हुन्।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको प्रस्ताव र डिल्लिप्रसाद काफ्लेको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका थिए। प्रधानमन्त्रीको चुनावमा केपी ओलीलाई मदतान गरेको नेमकिपाले यसअघि सभामुख र उपसभामुखको चुनावमा पनि उम्मेदवारी दर्ता गरेको थियो । तर पछि दुवैको उम्मेदवारी फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेपनि नेमकिपा सरकारमा सहभागी भएको छैन ।
महर्जनले उम्मेदवारी फिर्ता लिएपछि अब भण्डारी र कांग्रेसका उम्मेदवार केबी गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।


![/fi6«kltdf dxh{gsf] pDd]bjf/L btf{ ;ª3Lo nf]stflGqs u0ftGq g]kfnsf] bf];|f] /fi6«klt kbdf cfkmgf] pDd]bjf/L Joj:yflksf;+;b ;lrjfno, lgjf{rg clws[tsf] sfof{nodf btf{ ug'{x'Fb} g]kfn dhb'/ ls;fg kf6L{sf s]Gb|Lo ;b:o gf/fo0f dxh{g . pxfFsf] k|:tfjsdf k|]d ;'jfn / ;dy{sdf l8NNfLk|;fb sfn] /xg'ePsf] 5 . tl:a/ M /Tg >]i7, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/10/Rss_Images_1445939812573_RS-KTM-President-darta-161-300x200.jpg)






