भारतीय कुख्यात अपराधी छोटा राजन पक्राउ

(FILES) This file picture shows Rajendra Nikalje (C), aka Chhota Rajan, an Indian mafia boss escorted by Thai police to Bangkok criminal court, 28 September 2000 as police sought court approval to further detain him on charges of filing false information to authorities. Rajan used knotted bedsheets to escape 4 November 2000 from the hospital room where he was being held under Thai police custody. When arrested in September, Rajan had just survived a shoot out by Pakistani gunmen in Bangkok.   AFP PHOTO/Pornchai KITTIWONGSAKUL *** Local Caption *** (FILES) This file picture shows Rajendra Nikalje (C), aka Chhota Rajan, an Indian mafia boss escorted by Thai police to Bangkok criminal court, 28 September 2000 as police sought court approval to further detain him on charges of filing false information to authorities. Rajan used knotted bedsheets to escape 4 November 2000 from the hospital room where he was being held under Thai police custody. When arrested in September, Rajan had just survived a shoot out by Pakistani gunmen in Bangkok.   AFP PHOTO/Pornchai KITTIWONGSAKUL

एजेन्सी, भारतीय कुख्यात अपराधानी छोटा राजन इन्डोनेसियाको बालीबाट पक्राउ परेका छन् । इन्डोनेसियाली प्रहरी अधिकारीका अनुसार उनलाई आइतबार पक्राउ गरिएको हो । अष्ट्रेलियाको सिन्डीबाट बाली आएलगत्तै उनलाई पक्राउ गरिएको बाली प्रहरीका प्रवक्ता हेरि वियान्टोले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुलाई जानकारी दिएका छन ।

५५ वर्षीय राजनलाई भारतीय प्रहरीले दुई दशकदेखि खोजी गरिरहेको थियो । उनलाई पक्राउ गर्न सन् १९९५ मा इन्टरपोलमा नोटिस जारी गरिएको थियो । ‘हामीले उनलाई आइतबार एयरपोर्टबाटै पक्राउ गरेका हौं’, प्रवक्ताले भने,‘हामीलाई उक्त व्यक्तिले भारतमा १५ देखि २० हत्या गरेको जानकारी दिइएको थियो ।’

बाली प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोल र भारतीय प्रहरीसँग सहकार्य गरेको थियो । छोटा राजनलाई सम्भवत भारतीय प्रहरीको जिम्मा लगाइने ति प्रवक्ताले भनेका छन् । इन्टरपोलको वेवसाइटमा राजन भारतको मुम्बईमा जन्मिएको र हत्या, अपहरण र गैर कानुनी हतियार प्रयोगसहित विभिन्न अपराधमा संलग्न भएको आधारमा पक्राउ गर्न खोजिएको उल्लेख छ । वास्तविक नाम राजेन्द्र सदाशिव निकल्जे भएपनि उनी छोटा राजनको रुपमा कुख्यात थिए । उनी अर्कै परिचयसहित अष्ट्रेलियामा बस्ने गरेको इन्डोनेसियाको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु