बाबालाई उत्कृष्टताको दर्जा

असनेपालन्युज समाचार । युवा ब्यवसायी रबिन्द्र कुमार शर्मा द्वारा सन्चालित ‘बाबा एजुकेसन कन्सल्टेन्सी’लाई साउदर्न क्रस युनिभर्सिटीले उत्कृष्ट ‘एजेन्ट’ को दर्जा दिएको छ। केही दिन अघि सो युनिभर्सिटीको दोस्रो वार्षिक उत्सवमा आयोजित एक कार्यक्रमका बीच बाबा कन्सल्टेन्सीलाई ‘बेस्ट 12171589_10206994419332557_110588817_o 12177249_10206994419852570_394984826_oइन क्लास, टप पर्फर्मिंग एजेन्ट २०१५’ को अवार्ड प्रदान गरिएको ब्यवसायि शर्माले असनेपालन्युजलाई बताए।
सो विश्वविद्यालयले नेपाली परामर्श दाताहरु मध्ये बाट ‘बाबा एजुकेसन कन्सल्टेन्सी’ लाई छनौट गरेका थिए ।
सो विश्वविद्यालयका सिनियर भाइस प्रेसिडेन्ट एडम रोबर्ट्स र मार्केटिंग म्यानेजर बुर्टे ले संयुक्त रुपमा उक्त अवार्ड बाबा एजुकेसन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक रविन्द्र कुमार शर्मालाई प्रदान गरेको बताईेको छ । उत्कृष्ट अवार्ड का वारेमा शर्मा भन्छन्” हामी जति सुकै असजिलो परिस्थितिमा पनि सघाउन तयार छौ विध्यार्थीलाई त्यसैले हामी सेवा राम्रो प्रदायकमा गनियौं यसको श्रेय  नेपाली समुदाय र सेवाग्राही लाई समेत जान्न्छ । युवा समुदाय विषेष गरी अस्ट्रेलियामा गुणात्मक ब्यवसाय तर्फ उन्मुख हुंदै गएका छन्। काम खोज्ने भन्दा काम दिलाउने क्षेत्रमा कृयाशिल युवाहरुकै जमातले गर्दा अस्ट्रेलियामा नेपाली समुदायको छवि बड्दो छ ।

सम्बन्धित शिर्षकहरु