गैरआवासीय नेपालीसँगको सम्बन्ध थप मजबुतः उप्रधानमन्त्री थापा

gjlgo'Qm pkk|wfg Pjd k//fi6«dGqL sdn yfkf kbef/u|x0f kl5 sd{rf/Lx?nfO{ lgb]{zg lbg'x'Fb} . tl:a/ M gf/fo0fk|;fb Gof}kfg], /f;; .

काठमाडौँ, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आर्थिक, सामाजिक र सांस्कृतिक पहिचानसहित गैरआवासीय नेपालीसँगको एकतालाई नयाँ संविधानले अझ मजबुत बनाएको बताए ।

गैरआवासीय नेपाली सङ्घ एनआरएनएको सातौँ अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले समग्र मुलुकको हित र सामाजिक–आर्थिक रुपान्तरणमा एनआरएनएको महत्वपूर्ण भूमिका हुने बताए ।

परराष्ट्रमन्त्री थापाले भने – “ऐन, नियम बनाएर एनआरएनएलाई आफ्नो मातृभूमि नेपाल आवतजावत गर्न सहज बनाइएको छ । उद्योग व्यवसाय सञ्चालन गर्न पाउने, आर्जित नाफा लैजान पाउनेजस्ता व्यवस्था गरिसकिएको छ ।” मुलुकको आर्थिक कूटनीतिको कुशल अभियन्ताको रुपमा एनआरएनएलाई लिएको पनि उनले उल्लेख गरे ।

संविधान जारी भएपछि मुलुकमा न्यूनतम शान्ति, स्थायित्व र लगानीको वातावरण बनेको पनि उनले उल्लेख गरे ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्माले देश विकासका लागि काम गर्ने समय आएको उल्लेख गर्दै व्यवहारमा आर्थिक तथा शैक्षिक उन्नतिका लागि पहल आवश्यक भएको बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भूकम्पले थला परेको आर्थिक क्षेत्र बन्द हडतालले उठ्नै नसक्ने बनेको बताए ।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष शेष घलेले भूकम्पपछिको पुनःनिर्माण र मुलुकको नवनिर्माणमा एकताबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे।

सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नुका साथै भावी कार्यक्रम तय गर्ने जनाइएको छ । सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता छ । एनआरएनको ७१ मुलुकमा राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेका छन् ।

सम्बन्धित शिर्षकहरु