सीमा क्षेत्रका अवरोध हटाउन भारतलाई पुनः आग्रह

Home Minister Kamal Thapa talks to the media person outside the National Human Rights commission at Harihar Bhawan, Pulchwok on Wednesday. April  19 2006 Post Photo/Bikash Karki/Kantipur काठमाडौँ, सरकारले भारतसँगको सीमा क्षेत्रमा पछिल्लो समयमा उत्पन्न अवरोध तत्काल हटाउन आवश्यक सहयोगका लागि भारतसँग पुनः आग्रह गरेको छ ।

उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले आज नेपालका लागि भारतीय राजदूत रणजीत रायसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

भेटपछि रासससँग संक्षिप्त कुरा गर्दै उपप्रधानमन्त्री थापाले सिमानामा भएका अवरोध हटाउन भारत सरकारको सहयोगको अपेक्षा आफूले पुनः दोहो¥याएको बताए ।

नेपाली जनताले राहत पाउने गरी सीमा क्षेत्रका व्यवधान अन्त्य गर्न स्थानीय एवम् केन्द्रीयस्तरमा दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा आफूले जोड दिएको उनले बताए ।

यसैबीच, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री थापासँग नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले आज शिष्टाचार भेट गरे ।

त्यसअवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु