मन्त्री छान्न दलहरूलाई यस्तो सकस

dlGqkl/ifbsf] klxnf] a}7sdf  gjlgo'Qm k|wfgdGqL s]kL zdf{ cf]nLsf] cWoIftfdf k|wfgdGqL sfof{no l;+xb/af/ a;]sf] dlGqkl/ifbsf] klxnf] a}7sdf ;xefuL dGqLx? . tl:a/M /Tg >]i7, /f;;

असोज २७ । काठमाडौँ,  सरकार गठन  भएको तीन दिन वित्न लाग्दा पनि सरकार गठनले तिव्रता पाउन सकेको छैन । मन्त्रालय कति पाउने र कसलाई पठाउने भन्ने विषयमा दलहरूबीच र पार्टीभित्रै पनि किचलो उत्पन्न हुन थालेपछि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको हो ।

यतिबेला मन्त्री छनोटका लागि दलहरु आन्तरिक छलफलमा व्यस्त छन्। एमाले, एमाओवादी, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम  (लोकतान्त्रिक) का नेताहरु बिहानैदेखि मन्त्रीहरुको नाम छनोट र सिफारिसका लागि गृहकार्य गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पूर्ण दिन ढिलाइ गर्न नहुने बताउँदै सरकारमा सहभागी सबै दलहरुलाई आज अपरान्हसम्म मन्त्रीहरुको नाम सिफारिस गर्न आग्रह गरेका कारण पनि उनीहरूलाई मन्त्री छान्न सकस भएको बुझिएको छ ।

एमालेमा ओलीसहित वरिष्ठ नेताहरुको बैठक बिहान बसेको छ र सरसर्ती नाम तयार भएको छ । एक बजे बस्ने स्थायी समितिको बैठकले त्यसलाई टुंग्याउने बताइएको छ। त्यसैगरी एमाओवादी स्थायी समितिको बैठक बुधबार दिउँसो बस्दैछ। बिहान लाजिम्पाटमा प्रचण्डले पदाधिकारीसँग छलफल गरेका थिए।

एमाले स्रोतका अनुसार पार्टी उपाध्यक्ष भीम रावललाई रक्षासहित उप्रधानमन्त्री बनाउने संभावना छ। अर्थमन्त्री विष्णु पौडेललाई नै बनाउने तयारी छ।  त्यसैगरी सभामुखको रुपमा प्रस्तावित एमाओवादी कृष्णबहादुर महरालाई गृहसहित उपप्रधानमन्त्री बनाउने बारे छलफल भइरहेको छ। महरा उपप्रधानमन्त्री भएर गिरीराजमणी पोखरेललाई सभामुखको रुपमा एमाओवादी नेतृत्वले प्रस्तावित गरेको छ।

सम्बन्धित शिर्षकहरु