असोज २७ । काठमाडौँ, व्यवस्थापिका संसदले नयाँ सभामुखको चुनावी प्रक्रिया बुधबार थाल्ने भएको छ । दिउँसो ३ बजेदेखि बस्ने संसद बैठकअघि नै सभामुख सुवास नेम्वाङले पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्नेछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सभामुखले उपसभामुखसमक्ष राजीनामा बुझाउनेछन् । पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पदबाट राजीनामा नदिई प्रक्रिया अघि बढाए पनि नेम्वाङले भने आफू पदमै बसेर नयाँ छान्ने प्रक्रिया असहज हुने भन्दै राजीनामा दिन लागेका हुन् । ‘अब मलार्इ के जिम्मेवारी दिने भन्ने दलहरूका हातमा छ’ व्यवस्थापिका संसदको प्रमुख पदबाट राजिनामा दिनै लागेका उनले संवाददाताहरू सँग भन्दै आएका छन्र ।








