यूथ फोरमको कापि कलम बितरण कार्यक्रम सम्पन्न

असनेपालन्युज समाचार ।गैर आवासीय नेपाली संघ यूवा फोरमको डलर १ कापि र कलम परियोजना अन्तर्रगतको कापि र कलम बितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । भूकम्पले क्षतिग्रस्त भएको ईचोक सोलसिङ, सिन्धुपाल्चोकको महाकालेश्वरी निम्न माध्यमिक बिद्यालयमा अध्ययनरत १३४ बिद्यार्थीलाई आदरणिय एनआरएनए अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जिबा लामिछाने, उपाध्यक्ष टिबी कार्की, महासचिब कुमार पन्त, कापि कलम परियोजनाका संयोजक तथा यूवा उपसंयोजक कृष्ण गिरी, क्षेत्रिय संयोजक सोनम लामा, क्षेत्रिय उपसंयोज क भोमा लिम्बू, गोबिन्द श्रेष्ठ, एसी शेर्पा लगायत महानुभाबको हातबाट कापि र कलम बितरण भएको छ । कार्यक्रम १० अक्टोवर शुक्रबारका दिन बिद्यालयको प्रांगढ भएको हो ।youth web4डलर १ कापी र कलम परियोजनाका अभियन्त यूवा उपसंयोजक कृष्ण गिरीले प्रवासमा जन्मे हुर्केका बालबालिकाहरुको नेपाल प्रतिको संबन्धलाई प्रगाढ बनाउंदै नेपाली सँस्कृति, सम्पदाको बारेमा जानकार बनाउँदै नेपाल र नेपाली प्रति माया, सद्भाव र सहयोगी भावना रहीरहोस् भन्ने उदेश्यले यूथ फोरमले डलर १ कापि र कलम परियोजना अघि ल्याउनु भएको थियो । परियोजनाको उदेश्य अनुरुप कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको गिरीले बताउनु भएको छ । यो सुरुवात मात्र हो, यस परियोजनाको मर्म, उदेश्यलाई भोलिका दिनमा निरन्तरता दिंदै सबै देशको एनसीसीमा पुर्याउन सके हाम्रो समृद्ध नेपाल निर्माण गर्ने अभियानमा सहयोग पुग्ने बिश्वास लिएको उहाँले बताउनु भायो ।

बितरण कार्यक्रमलाई संबोधन गर्दै संघका अध्यक्ष घलेले यूवा फोरमको यस अभियानले प्रवासमा रहेका यूथहरुमा परिवर्तन ल्याउँदै नेपाल र नेपाली प्रति जिम्मेवार बनाउनेमा बिश्वस्त रहेको बताउँनु भयो । कार्यक्रममा पूर्ब अध्यक्ष लामिछाने, उपाध्यक्ष कार्की, महासचिब पन्त लगायतले आफ्ना बिचार राख्नु भएको थियो ।

यस परियोजनालाई सफल पार्न अष्ट्रेलियाका बिभिन्न सहरहरुमा यूवाहरुका लागि स्प्रिच्यूल, कल्चरल तथा समर क्याम्प गरिएको थियो । उक्त क्याम्प सम्पन्न गर्न गुरु डा. चिन्तामणि योगी, यूवा तथा खेलकूद टास्कफोर्स ओशिनिया संयोजक सुदिप कार्की, आईसीसी सदस्य गणेश केसी, निरज श्रेष्ठ लगायतले बिशेष सहयोग गर्नुभएको थियो ।

भूकम्पले क्षतिग्रस्त बनाएको सिन्धुपाल्चोकको दूर्गम क्षेत्रमा अवस्थित बिद्यालय सम्म ६ घण्टा सम्म हिडेर कार्यक्रम स्थलमा पुगी व्यवस्थापनमा सहयोग गर्दीने भोमा लिम्बू, मिंग्मा तापाङ लागायत पत्रकार, एनआरएनहरु र स्थानिय बासीहरुलाई यूथ फोरमले बिशेष धन्यबाद समेत व्यक्त गरेको छ । Source :NRN

सम्बन्धित शिर्षकहरु