काठमाडौँ, सरकारले तराई मधेसमा आन्दोलनरत दलहरुलाई वार्तामा आउन औपचारिक रुपमा आह्वान गरेको छ ।
सोमबार बसेको नयाँ मन्त्रीपरिषद्को बैठकले आन्दोलनरत दलहरुलाई वार्ताका लागि आउन निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त कानुनमन्त्री अग्नि खरेलले सरकारले औपचारिक रुपमा मधेसवादी दलहरुलाई वार्ताको आह्वान गरेको बताए ।
यस्तै बैठकले मुलुकमा देखिएको असहज आपूर्ति व्यवस्था तत्काल व्यवस्थति र सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
त्यसैगरी पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको समस्या समाधान गर्न अघिल्लो सरकारले परराष्ट्र मन्त्रीको संयोजकत्वमा गठन गरेको वार्ता टोलीलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकले देशका विभिन्न भागमा रहेका ३५० भन्दा बढी तुइन बिस्थापित गरेर २ वर्षभित्र झोलुंगे पुल निर्माण गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।









