काठमाडौँ, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार समस्याको समाधान खोज्न संवेदनशील नभएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेका कारण समस्या बढ्दै गएको बताए ।
विगतमा गरिएको आठबुँदे र २२ बुँदे सहमतिको कार्यान्वयन नै मोर्चाको माग रहेको चर्चा गर्दै उनले यी सहमतिको कार्यान्वयन गरे समस्याको समाधान निस्कने बताए ।
विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न अन्तरिम संविधानमा समेटिएका विषय पनि नयाँ संविधानमा नसमेटिएको बताउँदै उनले तीन दलका केही नेताको ‘सिन्डिकेट’का कारण समस्या बल्झिएको धारणा राखे ।
देशभित्रको असन्तुष्टिलाई सम्बोधन नगर्ने तर मित्रराष्ट्रका झन्डा जलाउने काम गरिएकामा उनको आपत्ति थियो । विगतमा राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा सीमाङ्कनका विषय टुङ्गोमा पु¥याउनुपर्ने उनले बताए।








