दुई अर्बको ठेक्का दिन चलखेल

BamdevGautam_201410220722171असोज १९  । काठमाडौँ, कामचलाउ सरकारले नीतिगत र गम्भीर प्रकृतिका निर्णय गर्न नपाउने परम्परा तोड्दै ऊर्जा मन्त्रालयको कार्यभार सम्हालको भेलिपल्टदेखिनै उपप्रधानमन्त्री बामदेव गौतमले स्थानीय एजेन्टले विगतमा लबिङ गर्दै आएको ज्यागुयर कम्पनीलाई दुई अर्ब रूपैयाँको ठेक्का दिने प्रक्रिया रातारात अघि बढाएका छन् ।

यसका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई हटाउने प्रस्ताव मन्त्रिपरिषद्समक्ष गरेका छन् । अघिल्लो ऊर्जामन्त्री अध्यक्ष रहेका विद्युत् प्राधिकरण सञ्चालक समितिले अस्वीकृत गरेको सोलु कोरिडोर १३२ केभी प्रशारण लाइनको ठेक्का ज्यागुयर ओभरसिजलाई सरकार परिवर्तनअघि नै दिलाउन गौतम लागिपरेका छन् ।
उनले ऊर्जा मन्त्रालयमा पाइला टेकेकै दिन गत शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेलाई मन्त्रालयमा हाजि गराउने निर्णय गरेका थिए । समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु