उपत्यकामा यहाँ पाइन्छ तेल

k]6«f]nsf] s[lqd cefjsf] ;[hgf ePsfn] k]6«f]n xfNg kªlQma4 df]6/;fOlsn rfnsx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, नेपाल आयल निगमले थानकोट डिपोबाट उपत्यकाका विभिन्न पेट्रोल पम्पलाई आज दुई लाख २२ हजार डिजेल र ९६ हजार लिटर पेट्रोल उपलब्ध गराएको छ ।

सर्वसाधारणको सुविधाका लागि हल्चोक फ्युल सेन्टरलाई आठ हजार लिटर, स्वयम्भूस्थित साझा भण्डारलाई चार हजार, टेकुस्थित नेसनल ट्रेडिङलाई आठ हजार लिटर भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल स्टेसनलाई १६ हजार लिटर पेट्रोल उपलब्ध गराइएको निगमका प्रवक्ता दीपक बरालले राससलाई जानकारी दिए ।

यसैगरी नक्सालस्थित प्रहरी कल्याण कोष पेट्रोल पम्पलाई १६ हजार लि पुल्चोकस्थित साझा सेवालाई २० हजार लिटर सानेपास्थित इन्द्रायणी आयल स्टोरलाई चार हजार लिटर, लगनखेलस्थित शक्तिदेवी पेट्रोल पम्पलाई १२ हजार लिटर र ठिमीस्थित गुह्येश्वरी फ्युल स्टेसनलाई आठ हजार लिटर गरी ९६ हजार लिटर पेट्रोल वितरण गरेको उनले बताए ।
निगमले उपत्यका र उपत्यका बाहिरका ५१ वटा पेट्रोल पम्पलाई दुई लाख २२ हजार डिजेल पनि उपलब्ध गराएको छ ।

सम्बन्धित शिर्षकहरु