नाकाबन्दीबारे गच्छेदार यसो भन्छन

Nepal's Deputy Prime Minister, Home and Defence Minister Bijay Gachhadar (L) inspects the guard of Honour prior to a meeting with Indian Defence Minister A. K. Antony in New Delhi on January 18, 2012. Nepal's Deputy Prime Minister is on three days of official visit to India till January 20. AFP PHOTO / Prakash SINGH

भक्तपुर,  मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज वार्ता भएको छ ।

सानोठिमीस्थित ठाकुर निवासमा भएको उक्त वार्तामा दुई नेताबीच तराई आन्दोलन, भारतले गरेको अघोषित नाकाबन्दी र तीन दलले गठन गरेको वार्ता टोलीसँग हुने वार्ताका विषयमा छलफल भएको बताइएको छ ।

वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदारले तराईमा मधेस र थारू समुदायले गरेका आन्दोलनका कारण भारतले नाकाबन्दी नगरेको दाबी गरे।

“भारतले दसैँको बेलामा नाकाबन्दी गर्नु राम्रो होइन, तराईमा हामीले गरेको आन्दोलनका कारण नाकाबन्दी गरेको होइन,” गच्छेदारले भने– “नाकाबन्दीले दसैँको मुखमा दैनिक उपभोग्य सामानदेखि पेट्रोलियम पदार्थको समेत हाहाकार भएको छ, यो समस्यालाई समाधान गर्न सरकार र सत्ताधारी दलले छिटो पहल गर्नुपर्छ ।”

देशलाई छिटो निकास दिन सरकार र सत्तापक्ष जिम्मेवार र गम्भीर भएर लाग्नुपर्ने बताउँदै उनले तमलोपा अध्यक्ष ठाकुरसँग मधेसका मुद्दालाई एक बनाएर वार्तामा बस्ने बारेमा छलफल भएको उनले जानकारी दिए ।

आज अपराह्न चार संसदीय दलको कार्यालयमा हुने मधेसी दलहरुको छलफलले सरकारसँग कसरी प्रस्तुत हुने र वार्तामा कसरी जाने भन्ने निर्णय गर्ने र भोलिदेखि आफूहरु वार्तामा बस्न सक्ने उनले बताए ।

सम्बन्धित शिर्षकहरु