उपप्रधानमन्त्री सिंह र मन्त्री पाण्डेको स्वागतः संविधानको सफल कार्यान्वयनमा जोड

;+o'Qm /fi6«;ª3sf] &) cf} dxf;efdf efu lng cfpg'ePsf k//fi6« dGqL dx]Gb|axfb'/ kf08] / 8]gdfs{sf ljb]z dGqL cd]l/sfsf] Go'of]s{l:yt ;+o'Qm /fi6«;ª3 ejgdf e]6jftf{ ub}{ . tl:a/ M ;"o{rGb| a:g]t÷/f;;

असोज ११ । न्युयोर्क,  उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको इतिहासमा संविधानसभाबाट पहिलोपटक दुई तिहाइ बढी बहुमतले जारी भएको नेपालको संविधान २०७२ जीवन्त र गतिशील सहमतिको दस्तावेजको रुपमा रहेको बताउँदै समयको माग र जनताको चाहनाबमोजिम यसमा संशोधन गर्न सकिने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क आएका उपप्रधानमन्त्री सिंहले चुनावमा भाग लिने तर मैदान छोडेर हिँड्नेले आफ्ना शतप्रतिशत माग पूरा भएन भनेर संविधान निर्माणको प्रक्रियालाई छोड्नु कति जायज हो भने ।

“सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान लोकतान्त्रिक विधि र प्रक्रियाबमोजिम आएको छ, जनताको माग र आवश्यकताअनुसार यसमा समयानुकूल संशोधन गर्दै लान सकिन्छ,” न्युयोर्कमा रहेका दर्जन बढी नेपाली सङ्घसंस्थाले आयोजना गरेको स्वागत समारोहमा उपप्रधानमन्त्री सिंहले भने ।

निर्वाचित संस्थामा महिलालाई एक महत्वपूर्ण पद दिने, थारु, जनजाति, मुस्लिमलगायतका विभिन्न आयोग बनाउने, सीमाङ्कनका बारेमा टुङ्गो नलागेका विषय सङ्घीय आयोग बनाएर मिलाउने, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता जस्ता प्रस्तावनाका कुरा परिवर्तन गर्न नसकिने कुरा संविधानका विशेषताका रुपमा रहेको बताउँदै उपप्रधानमन्त्री सिंहले ठूलाठूला पार्टीले समेत आफूले चाहेको सबै कुरा पनि संविधानमा सबै सामेल गर्न नसकिएको बताए।

विदेशमा रहेका नेपालीको राजनीतिकबाहेकका आर्थिक, सामाजिक, सम्पत्तिलगायतका कुरामा संविधानले विशेष ध्यान दिएको प्रसङ्ग उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीले स्वदेशमा रोजगारी सिर्जना गरेर देश विकासको काममा लगानी गर्न पनि सघाउन आग्रह गरे ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले संविधानसभामा दुई तिहाइ बढी सभासद्सहित अधिकांश जनताको समर्थन रहेको संविधान जारी भएकाले यसमा रहेका कमीकमजोरी हटाउँदै संविधानको सफल कार्यान्वयन आजको आवश्यकता हो भने ।

उनले संविधान गतिशील दस्तावेजको रुपमा रहेको बताउँदै जनताको चाहनाअनुरुप यसमा रहेका कमीकमजोरी हटाउँदै समयानुकूल संशोधन गर्न सकिने बताए । विदेशमा रहेका नेपालीलगायत अन्य उद्यमीले नेपालमा लगानीको वातावरण गर्ने अवसर सिर्जना भएको बताउँदै मन्त्री पाण्डेले पिछडिएका जनताको हकअधिकार सुरक्षित गर्न संविधान सफल भएको बताए।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको सभापतित्वमा भएको सो स्वागत कार्यक्रममा प्रवासी नेपाली मञ्चका सञ्जय थापा, प्रमोद सिटौला, अधिवक्ता खेगेन्द्र जिसी, अमेरिका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सानुबाबु सिलवाललगायतका वक्ताले संविधान जारी हुनु खुसीको कुरा भएको बताए ।

संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि दलहरुबीच सहमति हुनुपर्ने र जनताको चाहनाअनुरुप संविधान आएको भन्दै न्यूयोर्कका नेपालीले अब यसको कार्यान्वयमा विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।

सम्बन्धित शिर्षकहरु