विकल्प खोज्दै भट्टराई

cfkmg} lgjf;df laxLaf/ kqsf/;Fu s'/f ub}{ lgjt{dfg k|wfgdGqL Pj+ Pdfcf]jfbL pkfWoIf 8f= afa'/fd e66/fO{ . kf]i6 kmf]6f]M >Lw/ kf}8]n÷sflGtk'/

असोज ८ । काठमाडौँ, अन्ततः एमाओवादी नेता डा बाबुराम भट्टराईले औपचारिक रूपमै मोर्चा खोले । ‘संविधानसभाबाट संविधान जारी भएपछि पनि मुख्यतः तराई–मधेस र देशका विभिन्न ठाउँमा चलिरहेका आन्दोलन साम्य हुनुको सट्टा अझ गम्भीर र पेचिलो बन्दै जानु ठूलो चिन्ताको विषय भएको छ,’ बिहीबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘विगतको जनयुद्ध, जनआन्दोलन मधेस आन्दोलन, थरूहट आन्दोलनलगायत जनताको संघर्षका क्रममा उठेका मुद्दाहरूलाई नयाँ संविधानमा पर्याप्त रूपले सम्बोधन गर्न नसक्नु र संविधान निर्माणको प्रक्रियामा सवै सरोकारवालालाई सहभागी गराउन नसक्नु यसको प्रमुख कारण हो ।’

संबैधानिक राजनीतिक संवाद् तथा सहमति समितिको सभापतिको हैसियतमा अन्तिमसम्म सबै पक्षलाई समेटेर लैजाने आफ्नो प्रयास सफल नभएकामा भट्टराईले दुःख समेत व्यक्त गरेका छन् । संविधान कुनै ढुंगामा कुँदेको अक्षर नभएर एउटा गतिशील राजनीतिक दस्तावेज भएकाले परिमार्जन र संशोधन हुन सक्ने उल्लेख गर्दै जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘राजनीतिक समस्याको समाधान बल प्रयोग र दमनबाट कहिल्यै भएको छैन, अब पनि हुन सक्दैन ।  आधा जनसंख्या बसोबास गर्ने तराई–मधेस जलिरहँदा पहाड–हिमाल चैनले सुत्न सक्दैन÷हुँदैन । त्यसैले विशेषतः तराई–मधेस र देशका अन्य भागमा भइरहेका अन्य आन्दोलनमा थप जनधनको क्षति हुन नदिई सार्थक वार्ताको वातावरण सरकारले तुरून्त तनाव शिथिलिकरणको पहल गरोस् र दुवै पक्षबाट शीघ्र वार्ता र सम्वादको थालनी होस् भन्ने म गम्भीर आग्रह गर्दछु । समचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु