चीनद्वारा बधाई

Flag_of_the_People's_Republic_of_China.svgअसोज ५ । काठमाडौँ,नयाँ संविधानको घोषणाप्रति भारतले असन्तुष्टि जनाइरहेका बेला उत्तरी छिमेकी चीनले भने स्वागत गरेको छ । संविधानसभाबाट संविधान जारी भएकोमा  चीनले त्यसको समर्थन गर्दै बधाई दिएको हो । चिनियाँ बिदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता होङ लीले सोमबार बधाइ दिएका हुन् । ‘सबै राजनीतिक दलले इमानदारी साथ देश र जनताको हितका लागि संवाद र परामर्शबाट देखिएका मतभेद सम्बोधन गर्न सक्नेछन् । यो महसुस चीनलाई भएको छ,’ सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ताले भने, ‘हामीलाई आशा छ, नेपालका नेताहरू विद्यामा समस्या समाधान गर्न आफैँमा सक्षम छन् ।’

घनिष्ट मित्र र छिमेकीको नाताले नेपालमा जारी संविधानप्रति खुसी व्यक्त गर्दै चीनले बधाई दिएको विदेश मन्त्रालयको बेवसाइटमा उल्लेख छ । समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु