काठमाडौंँ, नयाँ संविधान प्रमाणीकरण भएसँगै निजी क्षेत्रका पर्यटन व्यवसायीमाझ नयाँ उत्साह छाएको छ ।
नयाँ संविधानले राजनीतिक स्थायित्व कायम हुने र त्यसले मुलुकमा लगानीको वातावरण सिर्जन हुने व्यवसायीको विश्वास छ ।
लामो समयको अन्योलता र अस्थिरतालाई चिर्दै जारी हुन लागेको संविधानले एकतर्फ राजनीतिक निकास पाएको छ, भर्ने अर्कोतर्फ लगानीको वातावरण सिर्जना हुनुका साथै आर्थिक समृद्धिको बाटो पहिल्याएको छ ।
त्यसो त, नयाँ संविधान बन्दैमा सबैथोक पूरा हुन्छ, भन्ने हैन, तथापि विगत सात वर्षदेखि अड्किएको संविधानसभामार्फत संविधान जारी गर्ने जनताको चाहनालाई साकार पारेको उनीहरुकै अभिव्यक्तिले प्रष्ट्याएको छ ।
आम नेपालीको उत्कट चाहना बोकेको संविधान जारी हुनुले व्यवसायीलाई थप उत्साहित र लगानी गर्न प्रेरित गरेको व्यवसायीको भनाइ छ ।
नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठले नयाँ संविधान जारी हुनुले सबैभन्दा बढी खुसी र उत्साह आर्थिक क्षेत्रलाई भएको र त्यसमा पनि पर्यटन व्यवसायीमा नयाँ आशा र सम्भावनाका किरण देखिएको बताए ।
“नयाँ संविधानले पर्यटनलगायत समग्र आर्थिक क्षेत्रका लागि ठूलो उत्साह जगाएको छ । राजनीतिक निकास भएको छ । आर्थिक सुधार र आन्तरिक लगानी परिचालन गर्न पर्यटन व्यवसायीलाई थप उत्साहित बनाएको छ” –उनले भने ।
नेपालमा नयाँ संविधान जारी भएसँगै कूटनीतिक धारणा पनि सकारात्मक हुने भएकाले अबका दिनमा पर्यटकको सङ्ख्या वृद्धि हुने व्यवसायीको ठम्याइ छ ।
नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर्स एजेन्ट्स नाटाका अध्यक्ष डिबी लिम्बूले संविधान आउनु सबै नेपाली त्यसमा पनि पर्यटन व्यवसायीका लागि निकै हर्ष र उत्साहको विषय हो भन्दै संविधान जारी भएपछि शान्ति र सुरक्षाको वातावरण निर्माण गर्न सकेको खण्डमा नेपालमा पर्यटक बढ्ने बताए ।
उनले भने, “नयाँ संविधानले नयाँ आशाका किरण थपिएका छन् अन्तर्राष्ट्रिय दृष्टिकोण सकारात्मक बन्ने हुनाले पर्यटक पनि बढ्ने देखिएको छ, अब राजनीतिक दलले बन्द हडतालजस्ता कार्यक्रम रोकेर आर्थिक समृद्धिको मुद्दालाई प्राथमिकता दिनुपर्छ, यसमै नेपाली पर्यटनको भविष्य जोडिएको छ ।”
नेपालको संविधान २०७२ को धारा ५१ मा राज्यका नीतिअन्तर्गत पर्यटनसम्बन्धी नीतिको व्यवस्था गरिएको छ ।
जसमा नेपालको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाको पहिचान, संरक्षण, प्रवद्र्धन एवम् प्रचारप्रसारमार्फत राष्ट्रिय पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवम् नीति निर्माण तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने उल्लेख छ ।
राष्ट्रिय पर्यटन व्यवसायी सङ्घका अध्यक्ष दीपकले समग्रमा संविधानले धेरैको भावनालाई समेटेकाले आम जनताको लागि स्वागत योग्य भएकोे र मुलुक सङ्घीयतामा प्रवेश गरिसकेकाले अब त्यहीअनुरुपका केन्द्रीय पर्यटन नीतिलाई परिस्कृत गरिनुपर्नेमा जोड दिए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान महासचिव सागर पाण्डेले संविधान जारी भई देश शान्तितर्फ जानु भनेको नै पर्यटनको आधारभूत जग खडा भएको भन्दै यसले समग्र पर्यटन व्यवसायीलाई उत्साह थपेको बताए ।
संविधानमा भनिए जस्तै नेपालमा खासगरी सांस्कृतिक पर्यटन प्रवद्र्धनको दरिलो सम्भावना छ, अर्कोतर्पm घरबास कार्यक्रम होमस्टे पछिल्लो समय पर्यटकको आकर्षण र आन्तरिक पर्यटन प्रवद्र्धनको दरिलो आधार बनिरहेको छ ।
अथाह सम्भावना बोकेको नेपाली पर्यटन क्षेत्रलाई समयसापेक्ष गुणस्तरीय र नयाँ गन्तव्यको प्रवद्र्धन गर्नसके मुलुकको अर्थतन्त्रलाई नै टेवा पुग्ने देखिन्छ ।


![d'u' lhNnfsf] sfsLjf8f uflj;df kg]{ efdjf8f ufFp ko{6ssf] cfsif{0fsf] s]Gb| /x]sf] 5 . oxfFsf k/Dk/fut 9ªun] ag]sf $)% 3/w'/Ldf @ xhf/ eGbf a9L hg;ªVof /x]sf 5g . tl:a/ M g[k]Gb|axfb'/ dNn, d'u', /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/09/Mugu-Gaun-300x200.jpg)






