भदौ २९ । काठमाडौँ, संविधान विधेयकका धारा–उपधारा तथा संशोधन प्रस्तावमाथि संविधानसभा बैठकमा आज पनि मतदान हुँदैछ । विहान १० बजे बस्ने बैठकमा विधेयकका बाँकी धारा तथा संशोधन प्रस्ताव निर्णयार्थ पेश हुने संविधानसभा सचिवालयले जानकारी दिएको छ ।
मतदान प्रक्रिया सुरु भएको दोस्रो दिन हिजोसम्म धर्मनिरपेक्षता, नागरिकता लगायत व्यवस्था समेटिएको संविधान विधेयकका ५७ वटा धार पारित भएका छन् । ती मध्ये १३ वटा धारा सर्वसम्मतीले पारित भए भने १० वटा संशोधनसहित पारित भएका छन् । बाँकी धारा भने संविधानसभामा उपस्थित सदस्यहरुले बहुमतले पारित गरेका हुन् ।
संविधनसभा नियमावलीअनुसार संविधानको धारा पारित गर्न कुल सदस्य संख्याको कम्तिमा दुई तिहाइ सभासद उपस्थित बैठकको दुई तिहाइ मत आवश्यक पर्छ । विधेयकका सबै धारा, अनुसूचि र प्रस्तावना ध्वनीमतका आधारमा पारित भएपछि समग्र विधेयक एकमुष्ट पारित गर्दा भने सभासद्हरुले पक्षरविपक्षमा हस्ताक्षर गर्नुपर्नेछ ।


![g]kfnsf] ;+ljwfgsf] kl/dflh{t ljw]os ;+ljwfg;efaf6 Wjlg dtsf cfwf/df kfl/t ub}{ ubf{ d:of}bf ;+ljwfg cWoog ug{ Jo:t ;ef;bx? . tl:a/ M /Tg >]i7, /f;; .](http://ausnepalnews.com/wp-content/uploads/2015/09/sambidhan-shabha-5-28g-300x200.jpg)






