न्यूसाउथवेल्स, नेपालीहरूको महान चाड हरितालिका तीज नजिकिँदै जाँदा प्रवासमा पनि रौनकता थपिँदै जान थालेको छ । प्रवासमा रहेका नेपाली महिलाहरू तीज संस्कृतिको संरक्षण र सम्बद्र्धनका साथै यसको सांस्कृतिक जीवन्तताका लागि कम्मर कसेर लागेका छन् । यसैक्रममा एनआरएन अष्ट्रेलियाले पनि यर्हाँ तीज उत्सवलाई भव्यता बनाउन लागि परेको छ ।
एनआरएन न्यूसाउथवेल्सले १६ सेप्टेम्बरमा आयोजना गर्न लागिएको तीज फेस्टिवलमा बस सेवा उपलव्ध गराएर महिलाहरूको सांस्कृतिक पर्व तीजलाई भव्यता प्रदान गर्न लागेको हो । उसले मिन्टो ट्रेन स्टेसन देखि मिन्टो टेम्पल सम्म बस सेवा उलव्ध गराउन लागेको असनेपालन्यूजलाई जानकारी दिएको छ ।







